site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रविन मृत्यु प्रकरणमा असन्तुष्ट स्थानीयद्वारा उर्लाबारी प्रहरी कार्यालय घेराउ

विराटनगर । मोरङको उर्लाबारीमा एक युवाकको मृत्यु सम्बन्धी घटनाको अनुसन्धानमा प्रहरीबाट व्यापक कमजोरी भएको विरोधमा जनस्तरबाट विरोध भएपछि प्रहरीले छानबिन समिति बनाएको छ । 

गत पुस ५ गते मोरङ उर्लावारी नगगरपालिका वडा नं. ५ बस्ने वर्ष ३१ को प्रविन बस्तोलाको मृत्यु भएको थियो । सो घटनाको सम्बन्धी इलाका प्रहरी कार्यालय उर्लावारी मोरङबाट अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ । तर, मृतकको मिसिलमा अर्कै व्यक्तिको फोटो परेको देखिएको भन्दै परिवार तथा स्थानीयले सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारी घेराउ गरेका छन । जिल्ला प्रहरी कार्यालय मोरङले भने परिवारजनबाट अनुसन्धानको सम्बन्धमा उठाएका गुनासाहरु विभिन्न सामाजिक संजालमा सम्प्रेषण भएको सन्दर्भमा जिल्ला प्रहरी कार्यालय मोरङको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जनस्तरबाट व्यापक विरोध आएपछि सो सम्बन्धमा छानविन गर्न जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी नायव उपरीक्षक मान बहादुर राईको संयोजकत्वमा छानविन समिति गठन भएको छ । समितिले अनुसन्धान कार्य भई रहेको व्यहोरा र मृतक प्रविन बस्तोलाको घटना सम्बन्धमा अनुसन्धान कार्यमा घटनाको तथ्यहरुमा तत्विक फरक पर्ने गरी प्रमाण संकलन गरेको तथा कसुरदारलाई उन्मुक्ति दिने गरी गैह्रव्यवसाहिक अनुसन्धान कार्य गरेको पाईएमा अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीहरुलाई कानुन वमोजिम कारवाही गरिने व्यहोरा विज्ञप्तिमा जनाइएको छ । 

घटना सम्बन्धमा ईप्रका उर्लावारीमा पुस ९ गते ज्यान सम्बन्धी कसुरमा कसुर दर्ता किताबमा ६७ दर्ता भएको जिल्ला प्रहरीका प्रवक्ता मानबहादुर राईले जनाएका छन । 

मृतकको बुवा प्रेम प्रसाद बस्तोलाबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं. ६ बस्ने वर्ष ३१ को राजेश रणपहेली समेत प्रतिवादी कायम जाहेरी प्राप्त भएको राईले बताए । तत्काल शव परिक्षण प्रतिवेदन तथा फरेन्सिक प्रतिवेदन उपलब्ध नभएको कारण र प्रतिवादीहरुलाई कानुन बमोजिम २५ दिन थुनामा राखी अनुसन्धान गर्ने अवधि पुरा भएकोले जिल्ला सरकारी वकिल कार्यालय मोरङको निर्देशन बमोजिम माघ २ गते जिम्मा जमानीमा छाडिएको जनाइएको छ । 

प्रविन मृत अवस्थामा स्थानीय गोदावारी अस्पतालमा भेटिएका थिए । उनलाई त्यहाँसम्म कसले ल्यायो भन्ने खुलेको छैन । परिवारले भने मरेको ब्यक्तिलाई एम्बुलेन्समा राखेर ल्याएको दाबी गर्दै आएको छ । प्रविनका बुबा प्रेमले छोराको मृत्यु हुँदा ठूलो ब्रजपात भएको र अब न्यायको पर्खामा रहेको बताए । 

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १६:५४
प्रतिक्रिया दिनुहोस्