site stats
बाह्रखरी :: Baahrakhari
देश
आफ्नै भान्जा अपहरण गरी १ करोड फिरौती माग्ने पक्राउ
प्रतीकात्मक तस्बिर ।

जनकपुर । आफ्नै भान्जालाई अपहरण गरी फिरौती माग्ने मामालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार पत्रकार सम्मेलन गरी आफ्नै भान्जाको अपहरण गरेका महोत्तरीको पिपरा गाउँपालिका ७ का लक्ष्मेश्वर दासलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले अनुसन्धानका क्रममा आर्थिक प्रलोभनमा परेर अपहरण गरेको पाइएको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

धनुषाको नगइराइन नगरपालिका ६ स्थित लग्माबाट ७ वर्षीय चन्दन दासलाई शनिबार दिउँसो १ बजे मोटरसाइकलमा बसाएर लक्ष्मेश्वर दासले अपहरण गरेका थिए । प्रहरीले बालकलाई शनिबार साँझ ८ बजे जनकपुर उपमहानगरपालिका ७, कटैयाचौरीस्थित सरोज ठाकुरको घरबाट उद्धार गरेको थियो । 

बालकलाई अपहरण गरेपछि बालकको आमालाई फोन गरी मामा दासले एक करोड रुपैयाँ फिरौती मागेका थिए । लगत्तै प्रहरीले खोजी सुरु गरेको थियो । प्रहरीका अनुसार अपहरित बालकलाई परिवारजनको जिम्मा लगाइसकिएको छ । घटनामा संलग्न रहेको आशंकामा अन्य दुईजनालाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १९:०९
प्रतिक्रिया दिनुहोस्