site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

वि.सं. २०७२ सालको वैशाख १२ गते महाभूकम्पपछि देश अस्तव्यस्त थियो । महाभूकम्पको तरङ्गले आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थबाट माथि उठ्न राजनीतिक दलका नेताहरूलाई पनि चेतना फुर्‍यो । फलस्वरूप २०७२ साल असोज ३ गते नेपालका राजनीतिक दलहरूले दोस्रो संविधान सभाबाट नेपालको संविधान जारी गरेर देशलाई राजनीतिक निकास दिए । 

देशले संविधान प्राप्त गरेलगत्तै छिमेकीले लगाएको आर्थिक नाकाबन्दीको अवस्थामा आफ्नो मातृभूमिप्रतिको कर्तव्य र व्यावसायिक चेतप्रति प्रतिबद्ध सानो समूहले सचेत र आवाज विहीन सबै वर्गको अभिव्यक्ति प्रस्फुटन गर्ने माध्यम स्थापनाको काम सुरु गरे । यसरी स्थापित बाह्रखरीको शुभारम्भ र सार्वजनिकीकरणका लागि देशमा २००७ सालमा प्रजातन्त्र स्थापना भएको दिन अर्थात् फागुन ७ शुभ मुहुर्त बनेर आइपुग्यो । 

त्यसैले हरेक फागुन ७ नेपालका लागि प्रजातन्त्र दिवस बनेर आउँछ भने विगत पाँच वर्षदेखि हाम्रा लागि राष्ट्रिय पर्व सहित पत्रकारिता प्रति आफैलाई समर्पण गरेको दिनका रुपमा समेत झुल्कन्छ । बाह्रखरीको स्थापनाले पत्रकारितामा रिक्त स्थान पूर्ति गर्न सहयोग गरेको छ भन्ने भ्रममा नपरी यसले नेपालको पत्रकारितामा स्थापित मूल्य र मान्यताको मानकलाई अझ उच्च बनाउन सहयोग पुर्‍याउनुपर्छ भन्ने दृढ निश्चय र मान्यताका साथ होमिएका छौँ । 

Prabhu Bank
Agni Group
NIC Asia

पत्रकारिताको विश्वसनीयतामा विश्वभर नै प्रश्न उठेको र लोकतान्त्रिक मूल्य र मान्यतामा सबैतिर ह्रास आउन थालेको वर्तमान अवस्थामा व्यावसायिक र वस्तुनिष्ठ पत्रकारिता गरेर ‘मत्स्य न्याय’मा टिकेको ‘वैश्य युग’को प्रतिस्पर्धामा डटेर आफ्नो आस्थाको बलमा आधा दशकमा बाह्रखरीले आफूलाई प्रमाणित गरेको अनुभव गरेका छौँ । 

पाठक र शुभेच्छुकको आस्था र विश्वासमा टिकेर सबल पत्रकारिता गर्दा दमनवादी र अधिनायकवादी शासकले फिँजाएको जालोबाट बच्दै आर्थिक कठिनाइसँग पौठेजोरी खेल्दै गरिएको पत्रकारिताको यात्रा अवश्य पनि दुष्कर र चुनौतीपूर्ण छ । अझ कोरोनाको महामारीले ल्याएको आर्थिक मन्दीमा संस्थामा आबद्ध सबैको घरको चुल्हो जलाउनुपर्ने चुनौतीले ठूलो परीक्षा लिएको छ । 

Global Ime bank


यति समस्या र व्यवधान हुँदाहुँदै पनि हामी यस पेसामा छौँ । किनभने देश र जनताका लागि नागरिकले गर्नुपर्ने कर्तव्य पत्रकारको रूपमा परिपालन गर्ने आफ्नै भीष्म प्रतिज्ञामा बाह्रखरी प्रतिबद्ध छ । 

हामीलाई निरन्तर विश्वास गरेर आफ्नो सूचनाको प्रमुख स्रोत बनाउने पाठक, आफ्ना सेवा र उत्पादन बजारसम्म पु¥याउन हामीलाई माध्यमका रूपमा प्रयोग गर्ने विज्ञापनदाता र अन्य सबै शुभेच्छुकमा यस यात्रामा सहयात्री बनेकोमा हार्दिक कृतज्ञता ज्ञापन गर्दै आउँदा अनेकौं वर्षहरूमा पनि सबैको सम्पूर्ण साथको निरन्तरताको अपेक्षा गर्दछौँ ।

प्रतीक प्रधान
प्रधान सम्पादक तथा कार्यकारी अध्यक्ष

 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  ०९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC