
काठमाडौं । हलिउड पप गायिका रिहाना विवादमा तानिएकी छन् । हालै इन्स्टाग्राम र ट्विटरमा टपलेस फोटो सेयर गरेपछि उनी विवादमा तानिएकी हुन् ।
टपलेस फोटोका कारण मात्रै भन्दा पनि टपलेस फोटोमा गणेशको लकेट भएको सिक्री लगाएपछि हिन्दु धर्मावलम्बीहरुले उनीमाथि आक्रोश पोखेका हुन् ।
हाल उनको ट्विटरमा निकै आलोचना भैरहेको छ । बीजेपी प्रवक्ता राम कदमले पनि ट्विट गर्दै रिहानाको यस तस्बिरप्रति आक्रोश पोखेका छन् । “रिहानाले हाम्रो हिन्दु भगवान गणेशको जसरी मजाक उडाएकी छन् त्यो निकै घटिया हो । उनको यो तस्बिरले प्रस्ट पार्छ कि भारतीय कल्चरप्रति रिहानाको बुझाई र सम्मान जिरो छ । अब त राहुल गान्धी र अन्य कांग्रेस नेताहरु उनीबाट सहयोग लिन बन्द गरोस्,” राम कदम लेख्छन् ।
केहीसमय अघिमात्रै भारतको किसान आन्दोलनको मुद्दामा गरिएको रिहानाको ट्विटप्रति पनि समर्थन र विरोध भएको थियो । नवभारत टाइम्स