site stats
बाह्रखरी :: Baahrakhari
खेल
खेलाडी परिवारको सहयोगार्थ फुटसल

काठमाडौं । स्वयम्भू क्लबका पूर्वफुटबल खेलाडी दिवंगत विपिन शर्माको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले एकदिने फुटसल प्रतियोगिता हुने भएको छ ।

साहस स्पोर्ट्सको आयोजनामा विपिन शर्मा स्मृति कप खुला फुटसल शनिबार हुन लागेको हो । प्रतियोगितामा करिब ३२ पुरुष टिमको सहभागिता रहने प्रतियोगिता संयोजक महेश मल्ल ठकुरीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विजेताले ७५ हजार पाँच सय ५५ र उपविजेताले ३५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । 

उत्कृष्ट खेलाडी र गोलरक्षकलाई जनही दुई हजार पाँच सय नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब तीन लाख रुपैयाँ खर्च हुने सह-संयोजक सन्तोष न्यौपानेले जानकारी दिए । प्रतियोगिताका खेलहरु स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलमा हुनेछ । 

प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १८:३०
प्रतिक्रिया दिनुहोस्