1613477260.jpg)
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिकाले जित निकालेको छ । मंगलबार भएको खेलमा चन्द्रपुरले चौदण्डीगढीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा चन्द्रपुरलाई जितमा रजनी थोकर र दिलकुमारी रानाले एक-एक गोल गरिन् । उता चौदण्डीकी मनिता तामाङले एक गोल गरिन् ।
रजनीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै चन्द्रपुरलाई अग्रता दिलाएकी थिइन् । ६६औं मिनेटमा दिलकुमारीले गोल गर्दै टोलीको अग्रता २-० को बनाइन् । ६८औं मिनेटमा चौदण्डीकी मनिताले एक गोल फर्काएपनि टिमको हार टार्न सकेनन् ।
जितसँगै चन्द्रपुरले ११ खेलमा ९ अंक जोडेको छ । लिगमा तेस्रो जित निकालेको चन्द्रपुर छैटौं स्थानमा छ ।
यता चौदण्डी हालसम्म जित निकाल्न सकेको छैन ।
तस्बिरहरु : सुनील प्रधान/बाह्रखरी