site stats
बाह्रखरी :: Baahrakhari
विदेश
निसानको ‘अफिस पड’ मा नयाँ युगको कार्यशैलीको झल्को 

एजेन्सी । अब घरबाट मात्र होइन जहाँसुकैबाट पनि अफिस जस्तैगरी काम गर्न मिल्ने क्याम्पर भ्यान आएको छ । कोभिड–१९ को युगबाट प्रेरित निसानको कन्सेप्ट गाडी, ‘अफिस पड’ एकान्तमा बसेर काम गर्न चाहनेहरुका अति उत्तम विकल्प हुनेछ ।

जसमा ‘रिट्राक्टेबल’ अर्थात निकाल्न–राख्न मिल्ने अफिस जडान गरिएको हुन्छ । 

यस अफिस पड कन्सेप्टमा अमेरिकी फर्निचर निर्माता हर्मन मिलरको परिमार्जित कोसम कुर्सी रहेको छ भने डेस्कमा पनि ठूलो मनिटर भएको कम्प्युटर अटाउने सक्ने गरि खालि ठाउँ उपलब्ध छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसमा प्राइभेसी चाहिनेहरुले पड भित्र ढोका बन्द गरेर पनि बस्न सक्छन् । यसको भित्री संरचनाले पूर्ण रुपमा अफिसको माहोल दिन्छ भने लाइटिङले पनि भविष्यको आभास गाउँदछ । एक एपमा गएर एउटा बटन थिच्नासाथ केही सेकेन्डमै पछाडि ट्रंकको ढोका खुल्नेछ र त्यही ढोका हाम्रो अफिसको कभर बन्नेछ । त्यस्तै यसको छतमा भने सुतेर आराम गर्न मिल्ने किसिमले पर्याप्त ठाउँ रहेको छ । 

यो कन्सेप्ट वास्तवमा निसानकै ‘एनभी ३५० काराभेन’ को नयाँ परिमार्जित भर्जन हो जुन २०१२ देखि बजारमा उपलब्ध छ र हाल जापानमा रिटेलमा २२ हजार देखि ३८ हजार डलर सम्ममा पाइन्छ । 

यो वर्षको ‘टोकियो अटो सलोन’ मा यसलाई सार्वजानिक गर्ने भनिएको थियो तर कोभिडका कारण जापानमा देशभर आपत्कालीन घोषणा गएिपछि भर्चुअल रुपमा प्रस्तुत गरिएको हो ।

यसका अरु फिचरहरुमा चाहिँ गाडीमा हुने ‘ग्लोब बक्स’ मा ‘युभी एन्टिब्याक्टेरियल ल्याम्प’ जडान गरिएको छ जसले व्यक्तिगत सामान जस्तै पर्स, मोबाइल फोन लगायतलाई किटाणुमुक्त गराउन सक्ने कम्पनी निसानले बताएको छ । त्यस्तै पारदर्शी ‘पोलिकार्बोनेट’ ले बनेको भुईँले चाहिँ हामीलाई गाडिको मुनी के भइरहेको छ भन्ने थाहा दिनेछ । 

कम्पनी निसानले आफ्नो बयानमा भनेको छ , “अघिल्लो वर्ष कोरोना भाइरसका कारण विश्वव्यापी रुपमै घरबाट काम गर्ने चलन उल्लेखनीय रुपमा बढ्यो । तर धेरै मानिसहरुलाई घरबाट बाध्यतापूर्वक काम गर्नमा समस्या भइरहेको छ । त्यसैले हाम्रो कम्पनीले उनीहरुलाई चाहे अनुसार कहाँ र कसरी काम गर्ने भन्ने वातावरण छनोट गर्ने अवसर दिलाइ ती समस्याहरु समाधान गर्ने प्रयास गरेको छ ।”

यसको डिजाइन बजारमा विक्री गर्ने सम्बन्धी हाल कुनै योजना नभएको कम्पनीले बताएको हो । यसमा व्यक्तिगत रुपमा परिमार्जित भागहरु चाहिँ ग्राहकका लागि उपलब्ध गराउने भनिएको छ ।  सीएनएन 

 

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  ०७:२३
प्रतिक्रिया दिनुहोस्