site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जापानमा भूकम्पपछि रेलसेवा बन्द, १०० बढी घाइते
Sarbottam CementSarbottam Cement

रोयटर्स । जापानमा शनिबार मध्यराति गएको ७.३ म्याग्निच्युडको भूकम्पपश्चात् उत्तरपूर्वी क्षेत्रमा आइतबार रेलसेवा बन्द गरिएको छ भने भूकम्पका कारण १०० जनाभन्दा बढी घाइते भएको जनाइएको छ ।

यो सन् २०११ मा गएको विनाशकारी भूकम्पको परकम्प भएको भूगर्भविद्हरुले बताएका छन् । २०११ मा ९ म्याग्निच्युडको भूकम्पपछि आएको सुनामीले १६ हजारभन्दा धेरैको मृत्यु भइ ठूलो क्षति पुर्‍याएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

शनिबारको परकम्पले पर्खाल, झ्यालमा क्षति पुर्‍याएको छ भने केन्द्रविन्दुको सबैभन्दा नजिकको क्षेत्र फुकुसिमामा पहिरो गएको हो । त्यस्तै, हजारौँ किलोमिटर टाढा राजधानी टोकियोमा पनि यसले भवनहरु हल्लाएको थियो । भूकम्पको केही समयपछि हजारौँ भवनहरुमा बत्ती गएको थियो, जुन आइतबार बिहानसम्म सबै ठाउँमा मर्मत गरिसकिएको बताइएको छ । त्यस्तै, पर्खालहरु मर्मत गर्ने र सरसफाइको काम पनि जारी छ ।

कतिपय मानिसहरुको हातखुट्टा भाँचिएको छ । तर, कसैको मृत्यु भएको छैन । त्यस्तै, सुनामीबारे पनि कुनै खबर छैन । तर, यो भूकम्पले सबै नागरिकहरुलाई विगतको याद दिलाएको छ । ट्रयाकमा विभिन्न क्षति पुगेपछि उत्तरतर्फको बुलेट ट्रेनसेवा आइतबार बन्द गरिएको हो ।

Global Ime bank

जापान भूकम्पीय जोखिमको क्षेत्र भएकाले पनि त्यहाँ भूकम्पलाई सामान्य मानिन्छ । विश्वभर जाने ६ म्याग्निच्युडमाथिका २० प्रतिशत भूकम्प जापानमै जाने गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC