site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्पलाई दोषी नठहर्‍याए संसदमाथि फेरि हमला हुन सक्ने
Sarbottam CementSarbottam Cement

एजेन्सी । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समर्थकहरुलाई संसद् भवनमा घुस्न प्रोत्साहन गरि भयानक हिंसा मच्चाएको आरोपमा डेमोक्रेट्सहरुले अघि सारेको महाअभियोगको मुद्दा बिहीबार पनि जारी रह्यो जसमा उनीहरुले ट्रम्पलाई अझै पनि दोषी ठहर्‍याउन असफल भए उनले फेरि त्यस्तो गर्न सक्ने र संसदमाथि पुनः हमलाको जोखिम रहने चेतावनी दिएका हुन् ।

नोभेम्बरको चुनावमा धाँधली भएको दाबी गर्दै ट्रम्पले आफ्ना समर्थकहरुलाई यसको विरोधमा लड्न उक्साउँदै आएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

तर ट्रम्पविरुद्ध केबल ६ जना रिपब्लिकनहरु मात्र उठेपछि सिनेट ट्रायलमार्फत उनलाई गलत ठहर गर्न अधिक कठिन भइरहेको छ । डेमोक्रेट्स तर्फका प्रतिनिधि जेमी रस्किनले बिहीबार सिनेटमाझ भनेका हुन्, “यदि हामीले अहिले नै उनलाई रोकेनौँ भने, उनले पुनः पदभार गर्न सक्छन् र फेरि त्यस्तै दुर्घटना भएमा त्यतिबेला हामी आफैँ जिम्मेवार हुनुपर्ने हुन्छ ।” 

अर्का डेमोक्रेटिक प्रतिनिधि टेड लेउले चाहिँ ट्रम्पले आगामी २०२४ मा चुनाव लडेर फेरि हारे भने त्यसपछि के होला, भन्नेमा चिन्ता व्यक्त गरेका हुन् । 

Global Ime bank

ट्रायलमा डेमोक्रेट्स तर्फका वकिलहरुले क्यापिटलमा भएको हमला अगाडि ट्रम्पले दिएका भाषण, त्यसको सन्देश, उनका विवादास्पद ट्वीट सबैको एकएक गरि उदाहरण दिएका हुन् । यसमा उनले आफ्ना हजारौँ समर्थकहरुलाई स्पष्टसँग ‘क्यापिटलमा गइ कुनै ठाउँ नछाडि लड्न’ भनेर भनेका हुन् जसबेला संसदहरु बाइडेनको जितलाई आधिकारिक सुनिश्चितता दिलाउने तयारीमा थिए । सो घटनामा एकजना पुलिस सहित पाँचको मृत्यु भएको हो । त्यसबाहेक दुई दिन पछाडि अन्य २ पुलिसहरुले पनि आत्महत्या गरेका थिए । 

यसरी ट्रम्पलाई आधिकारिक दोषी ठहर गर्न र उनलाई यसपछि कहिल्यै चुनावमा लड्न नदिन सिनेटमा दुई तिहाइको बहुमत आवश्यक पर्नेछ जसको अर्थ १७ जना रिपब्लिकनहरु उनको विरुद्धमा उठ्नुपर्ने हुन्छ । तर ट्रम्प अझैपनि रिपब्लिकन मतदाताहरुमा अत्यन्तै लोकप्रिय छन् र २०२४ मा फेरि चुनाव लड्न इच्छुक भएको हुँदा सबै द्विविधामा परेको बताइन्छ । 

यस्तोमा ट्रम्पका गलत कदम विरुद्ध उठ्न तयार नभएका आफ्नै पार्टीका सदस्यप्रति निराशा जनाउँदै आएका केही रिपब्लिकनहरुले अर्को पार्टी निर्माण गर्ने योजना पनि बनाइरहेका छन् ।  रोयटर्सबाट 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC