site stats
बाह्रखरी :: Baahrakhari
खेल
एटलान्टा कोपा इटालियाको फाइनलमा 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । इटालियन सिरी ‘ए’ क्लब एटलान्टा कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नापोलीलाई ३–१ ले पराजित गर्दै एटलान्टा उपाधिनजिक पुगेको हो ।

पहिलो लेगमा एटलान्टा र नापोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो लेगमा एटलान्टालाई जित दिलाउन माटियो पेसिनाले दुई र डुभान जापटाले एक गोल गरे । नापोलीका हिर्भिङ लोजानाले एक गोल फर्काए ।

अब उपाधिका लागि एटलान्टाले युभेन्ट्ससँग प्रतिस्पर्धा गर्नेछ । एटलान्टा र युभेन्ट्सबीचको फाइनल खेल १९ मेमा हुनेछ ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  १०:०८
प्रतिक्रिया दिनुहोस्