site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

बैतडीकी चेलीको बलात्कारपछि भएको हत्याले समाज र सरकार दुवैलाई पुनः एकपटक कठघरामा उभ्याएको छ । कञ्चनपुरकी निर्मलाको बलात्कारपछि हत्या गर्ने अपराधी अहिलेसम्म पक्राउ परेको छैन । सुदूरपश्चिमकै बैतडीमा उस्तै प्रकृतिको अर्को घटना भएको छ । विद्यालयबाट घर नफर्केपछि परिवारजनले खोजी गर्दा बैतडी जिल्लाको दोगडा केदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको शव गत बुधबार लवलेक सामुदायिक वनमा भेटिएको थियो । शवको अवस्था हेर्दा विद्यालयबाट फर्किने बेला उनको बलात्कारपछि हत्या भएको सन्देह गरिएको छ । शव परीक्षणपछि अपराधको प्रकृति पूर्णरूपमा थाहा हुनसक्छ तापनि उनका आफन्त र प्रहरीले समेत बालिकाको बलात्कार र हत्या गरिएको शंका गरेका छन् । यस घटनामा पनि अपराधी उम्कने आशंकाले परिवारजन र स्थानीय समुदायमात्र हैन देशभर चिन्ता प्रकट गरिएको छ ।

समाज अपराध मुक्त त हुन सक्तैन होला तर राज्यले साँच्चै नै चाहने हो भने अधिकांश  घटनामा अपराधीलाई सजाय दिलाउन भने सक्छ । अपराधी उम्केको वा फेला नपरेका घटनामा प्रायः अपराध अनुसन्धानका क्रममा हेलचेक्य्राइँ गरिएको हुन्छ । यदाकदा अपराध अनुसन्धान गर्ने अधिकारी लोभ वा दबाबमा परेर पनि अपराधी उम्केको उदाहरण छन् ।  पञ्चायत कालमा पोखरामा भएको नमिता सुनिता बलात्कार तथा हत्याकाण्डमा संलग्न अपराधीहरू तत्कालीन शासककै आडमा उम्काइएको जनविश्वास छ । त्यस यता धेरै राजनीतिक व्यवस्था तथा सरकारहरू बदलिए तर सरकारप्रति जनताको विश्वास भने फर्कन सकेको देखिँदैन । भागिरथीको हत्याको पनि सही छानबिन हुँदैन कि भन्ने आशंकाको कारण यही अविश्वास हुनुपर्छ । यसैले भागिरथी हत्याको  सही अनुसन्धान र अपराधीलाई सजाय दिलाउने विषय नेपाल प्रहरीका साथै समाज र शासकका लागि पनि आफ्नो क्षमता, नियत र इमानदारी सिद्ध गर्ने चुनौती हुन पुगेको छ ।

सार्वजनिक भएका समाचारअनुसार घटनाप्रति नेपाल प्रहरी गम्भीर भएको छ र उच्चअधिकृत सम्मिलित टोली घटनास्थलमा पुगिसकेको छ । साधन स्रोतको अभाव भए पनि नेपाल प्रहरीको अपराध अनुसन्धान क्षमतामा भर पर्न सकिन्छ । भागिरथीको शव उनका आफन्तहरूले नै फेला पारेकाले प्रहरी वा अरू कसैले जानजान वा नियतवश प्रमाण नष्ट गर्ने सम्भावना कम भएको हुनुपर्छ । शव परीक्षणमा पनि उत्तिकै गम्भीर र इमानदार हुने अपेक्षा राख्न सकिन्छ । यसैले निर्मला हत्याकाण्डमा जस्तो राजनीतिक हस्तक्षेप र अनावश्यक प्रचारवाजी भएन भने अपराधी उम्कन नसक्ने आशा गर्न सकिन्छ । नेपाल प्रहरीका इतिहासमै कलंक बनेको निर्मला हत्याकाण्डमा भएका गल्ती र हेलचेक्य्राइँबाट अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले पक्कै पनि पाठ सिकेका होलान् । अपराधी फेला पार्ने दबाबका कारण निरपराधलाई दुःख दिने काम पनि प्रहरीले नगरोस् । सुदूरपश्चिमका स्थानीय तह र प्रदेश सरकारले पनि निर्मला र भागिरथीको नियति दोहोरिन नदिन उचित र आवश्यक उपाय अपनाउनु जरूरी देखिन्छ । भागिरथीका हत्यारा उम्किन नपाऊन् !
 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  १२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC