site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मध्य मेसम्म साउदी अरबमा यात्रा गर्न प्रतिवन्ध

रासस/सिन्ह्वा । साउदी अरबले यात्रा प्रतिवन्धको समयावधि फेरी लम्ब्याएको छ । साउदी अरबको सरकारले यात्रा प्रतिवन्ध लगाइएको समयावधि शुक्रबार थप गरिएको घोषणा गरेको हो ।  नयाँ निर्णयअनुसार नागरिकले आगामी मे १७ तारिखसम्म यात्रा गर्न नपाउने अधिकारीहरुले जानकारी दिएका छन् । 

कोरोनाभाइरसको महामारी खतरापूर्ण अवस्थामै रहेकाले यात्रा प्रतिवन्धको निर्णय खारेज गर्न नमिल्ने निश्कर्ष निकाल्दै सरकारले समयावधि थप गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साउदी अरबमा नागरिकलाई देशभित्रै पनि यात्रा गर्न, सामुद्रीक क्षेत्रमा जान, हवाइ तथा स्थल मार्गमार्फत सिमानाभन्दा बाहिर आवतजावत गर्न अघिल्लो बर्षको मार्च १३ देखि नै प्रतिवन्ध लगाइएको हो । कोरोनाविरुद्धको खोप ल्याउन ढिलाई भएकाले यात्रा प्रतिवन्धको अवधि पनि लम्ब्याउनु परेको साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

साउदी अरबमा शुक्रबार मात्रै थप २६७ जनाका कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरुले जनाएका छन् । सोही अवधिमा दुई जनाको मृत्यु भएको छ । योसँगै साउदी अरबमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल ६ हजार ३६८ जनाको मृत्यु भएको छ । रासस 

प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  १४:०४
प्रतिक्रिया दिनुहोस्