site stats
बाह्रखरी :: Baahrakhari
विशेष
नेपालमा आज कोरोनाबाट मृत्यु शून्य, २१३ संक्रमित थपिए
Argakhachi Cement Island Ad

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप कसैको पनि मृत्यु भएको छैन । बिहीबारको यो तथ्यांक कोरोना संक्रमण दर उच्च भएयताकै शून्य हो । हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार २० पुगेको थियो ।

गएको चौबीस घण्टामा तीन हजार ७९१ जनाको पीसीआर परीक्षण गरिएकोमा २१३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँग्ौ नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७० हजार ५८८ पुगेको छ ।

यस्तै, २९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६५ हजार ३६५ पुगेको छ । हाल क्वारेन्टिनमा ११३ जना छन् भने आइसोलेसनमा तीन हजार २०३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतीकात्मक तस्बिर ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  १७:०९
प्रतिक्रिया दिनुहोस्