site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कोभिड १९ विरुद्धको खोप ल्याउन शीघ्र भन्सार जाँचपास प्रक्रिया अपनाइने
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड १९ विरुद्धको खोप नेपालमा ल्याउन छिटो-छरितो र सहज रुपमा शीघ्र भन्सार जाँचपास प्रक्रिया अपनाइने भएको छ । 

भन्सार विभागले कोभिड १९ विरुद्धको खोप सामग्रीहरुको जाँचपासका लागि मुख्य भन्सार विन्दुहरु विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा छुट्टै एकाइ खडा गरी कर्मचारी खटाउने जनाएको छ । त्यसका लागि विभागमा तत्काल समस्या समाधान कार्यदल रहनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

विभागका महानिर्देशक सुमन दाहालका अनुसार खोप पैठारीअघि नै कागजातहरु उपलब्ध भए खडा भएको एकाइमार्फत जाँचपासपूर्वको प्रक्रिया मिलाइनेछ ।

यस्तै पैठारीका कागजातहरुमा खोपको परिमाण तथा मूल्य नखुलेको पाइए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी जाँचपास गरिने उनले बताए । प्रमाणपत्रसहित पैठारीसम्बन्धी पेस भएका कागजातका आधारमा शीघ्र जाँचपासको व्यवस्था मिलाइने र यसका लागि गेट वा काउन्टरबाटै शीघ्र जाँचपास गरिने उनले बताए ।

Global Ime bank

जाँचपासका लागि आवश्यक कागजात पेस नभएको तथा महसुलका सम्बन्धमा कुनै द्विविधा उत्पन्न भएमा यथाशीघ्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यक समन्वय गरी मालवस्तुको जाँचपास गरिने व्यवस्था मिलाइने महानिर्देशक दाहालले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा अनुमति प्राप्त पैठारीकर्ताबाट पैठारी गरिने खोपबारे पूर्वजानकारी प्राप्त गरी सोहीअनुसारको तयारी गरिने विभागले जनाएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यकतानुसार सहजीकरण तथा समन्वय कार्य गर्ने निर्णय पनि भन्सार विभागले गरेको छ ।

गुणस्तरीय खोप सामग्रीहरुको पैठारी सुनिश्चित गर्न तोकिएका नाकाहरुबाट मात्र यस्ता खोपहरुको जाँचपास गरिनेछ । खोपको सुरक्षित जाँचपास व्यवस्थापनका लागि सीमामा रहेका सबै जिल्लास्थित सरोकारवाला निकायहरुसँग समन्वय गरिने, सार्वजनिक बिदाका दिनसमेत यस्ता मालवस्तुहरुको जाँचपासलाई पहिलो प्राथमिकता दिइने विभागले जनाएको छ ।

पुनः प्रयोग गर्न सकिने कोल्ड चेन उपकरण, कन्टेनर तथा बक्सहरुलाई पैठारीकर्ताले फिर्ता लैजाने गरी पैठारी गर्न चाहेमा कानुनबमोजिम पैठारी गर्न दिइने पनि विभागले जनाएको छ । खोप जाँचपास पश्चात् सोको जानकारी छिटो विधिद्वारा अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गराइने दाहालले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC