site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

राजनीतिक अस्थिरताका बेला सरकार कमजोर हुन्छ । कमजोर सरकारले स्पष्ट अडान राख्न सक्तैन । यसैले यस्तो समयमा विदेशसँग सन्धि सम्झौता गर्दा राष्ट्र ठगिने जोखिम बढी हुन्छ । यसैले केही पूर्वप्रशासक लगायतका नागरिकले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको पूर्वसन्ध्यामा सरकारले भारतसँग दीर्घकालीन महत्त्वका विषयमा सहमति वा सम्झौता नगरोस् भनी सावधान गराएको हुनुपर्छ । परराष्ट्रमन्त्री ज्ञवाली आज बिहीवार नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली गएका छन् । उनको भ्रमण शनिवारसम्म हुने परराष्ट्र मन्त्रालयले जनाएको छ  । परराष्ट्रमन्त्री ज्ञवाली र  भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले संयुक्त आयोगको सहअध्यक्ष्यता गर्नेछन् । यो उच्चस्तरीय आयोगको बैठकमा दुई देशको सरोकारका विभिन्न विषयमा छलफल हुने बताइएको छ ।

देशको राजनीति सहज अवस्थामा हुँदो हो त सायद नियमित प्रकृतिको भ्रमणका सम्बन्धमा धेरै चासो र टिप्पणी पनि हुने थिएन । विगतका भारतले नेपालमा सरकार कमजोर हुँदा वा देशभित्र आन्दोलन भएका बेला विशेष सन्धि सम्झौताको प्रस्ताव गर्ने नगरेका भए पनि सम्भवतः जनमानसमा सन्देह उत्पन्न हुने थिएन । यस्तै केही समययता प्रधानमन्त्री केपी ओलीसँग भारतीय संस्थापनको निकटता नदेखिएको भए पनि सायद धेरै सन्देह गरिने थिएन । तर, शंकाकै भरमा विदेश भ्रमणको पूर्वसन्ध्यामा आफ्नो मुलुकका परराष्ट्रमन्त्रीको तेजोवध हुनेगरी अविश्वास प्रकट गर्नुलाई भने सामान्य र सहज मान्न भने सकिँदैन । यसरी विदेश जान लागेका देशका उच्चखधिकारीको मनोबल गिराउन खोज्दा अन्ततः हानि राष्ट्रलाई नै हुने देखिन्छ । अरू मुलुकमा जति नै आन्तरिक मतभेद भए पनि विदेशसँगको सम्बन्धमा प्रबुद्ध नागरिकहरूले राज्यलाई साथ दिने गरेको देखिन्छ । 

परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाने कार्यक्रम सार्वजनिक भएको केही दिन भयो । परराष्ट्रमन्त्रीलाई सल्लाह सुझाव दिनु थियो भने केही दिन पहिले नै दिएको भए बुद्धिमानी हुनेथियो । उनले वक्तव्य दिनेहरूसँग भेट्न पनि सक्थे होलान् । ज्ञवालीले सिंगो देशको प्रतिनिधित्व गर्दैछन् भन्ने सन्देश दिन सकेको भए भारतसँगको वार्तामा नेपालको पक्ष पक्कै बलियो हुन्थ्यो । तर, देशको प्रधानमन्त्री विदेश भ्रमणमा भएकै बेला त कमजोर देखाउने कूटनीतिक अशिष्टता प्रदर्शन गर्न नहिचकिचाउने नेता भएका देशमा सायद यसबाहेक अरू अपेक्षा पनि गर्न सकिँदैन । जेहोस्, काम चलाउ सरकारका परराष्ट्रमन्त्री ज्ञवालीले भारतसँग नयाँ सन्धि वा सम्झौता पक्कै नगर्लान् र भारतसँग प्रबुद्ध व्यक्तिहरूको समूहको प्रतिवेदन बुझ्नेलगायत दुई पक्षीय हितका विषयहरूमा स्पष्ट धारणा राख्लान् भन्ने अपेक्षा छ । भारतबाट फर्केपछि उनले यहाँ शंका गर्नेहरूलाई गलत साबित गर्नेगरी भ्रमणको पूर्ण विवरण पारदर्शीरूपमा जनसमक्ष राख्नु उचित हुनेछ । स्यमन्तक मणि चोरीको बात लागेपछि कृष्णले मणि खोजेर ल्याई आफ्नो निर्दोषिता सिद्ध गरेको पौराणिक कथा परराष्ट्रमन्त्री ज्ञवालीले पक्कै पढेका होलान् १
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC