site stats
बाह्रखरी :: Baahrakhari
खेल
युनाइटेड प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं । म्यानचेस्टर युनाइटेड प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति भएको खेलमा बर्नलीलाई १-० गोल अन्तरले पराजित गर्दै युनाइटेड शीर्ष स्थानमा उक्लिएको हो । बर्नलीको मैदानमा युनाइटेडलाई जित दिलाउन पाउल पोग्बाले निर्णायक गोल गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पहिलो हाफमा गोलरहित बराबरी खेलेको युनाइटेडले दोस्रो हाफमा एक गोल गरेको हो । खेलको ७१औं मिनेटमा मार्कुस रासफोर्डको पासमा भली गोल गरेका थिए ।

जितसँगै युनाइटेड लिगको शीर्ष स्थानमा उक्लेको छ । युनाइटेडले १७ खेलमा ३६ अंक जोडेको छ । बर्नली १६ अंक जोडेर १६औं स्थानमा छ ।

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  ०९:५१
प्रतिक्रिया दिनुहोस्