site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बन्दुकको गोलीजस्तै मान्छेको बोली पनि निस्केपछि फर्काउन सकिँदैन । यसैले नेपालीमा ‘बोल्न पाएँ भन्दैमा प्याच्च नबोल्नुु भन्ने गरिएको हुनुपर्छ । कहिलेकाही त गोलीले भन्दा बोलीले धेरै हानि गर्छ । शक्तिको उन्माद र कुण्ठा मिसिएको बोलीले त अझ धेरै क्षति गर्छ । त्यसरी कुण्ठित व्यक्ति राज्यको शक्तिशाली अधिकारी पनि भयो भने त झन् क्षतिको मात्रा ठूलो र परिणाम भयावह हुन सक्छ । यसैले राज्यका उच्च पदका रहेकाहरूसँग विचार गरेरमात्र बोल्ने अपेक्षा गरिन्छ । विडम्बना, केही वर्ष यता नेपालमा भने जति माथिल्लो पदमा पुग्यो उति विचार नगरी बोल्ने प्रवृत्ति बढ्दै गएको छ । र, त्यसरी विवेक विचार केही नगरी उत्तेजक खभिव्यक्ति दिनेमा सबैभन्दा अगिल्लो पंक्तिमा प्धानमन्त्री केपी शर्मा ओली देखिएका छन् ।

त्यसो त, प्रधानमन्री ओली उत्तेजक र आक्रामक अभिव्यक्ति दिनेमा कहलिएकै हुन् । तर, विसं २०७४ सालको निर्वाचनमा संयुक्त घोषणापत्रमा चुनाव लडेका नेपाल कम्युनिस्ट पार्टीका दुई घटक एमाले र माओवादी केन्द्रले बहुमत हासिल गरेलगत्तै  देखि नै नेकपाका नेताहरू र विशेषगरी तत्कालीन नेकपा ९एमाले०का अध्यक्ष ओलीका अभिव्यक्तिहरू अरूप्रति  बढी नै आक्रामक र  दम्भपूर्ण हुन थालेका थिए । एमाले र माओवादी केन्द्रको एकतापछि त झन् नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष तथा प्रधानमन्त्री ओलीका अभिव्यक्ति उनको पदको गरिमाका लागि अशोभनीय हुँदै गए । सरकारका आलोचकहरूमाथि ‘अरिङ्गालु बनेर जाइलाग्न आफ्ना समर्थकहरूलाई उक्साउने उनको अभिव्यक्ति निकै आलोचित भएको थियो । प्रधानमन्त्री ओली र उनका समर्थकहरूका यस्ता अनगिन्ती अभिव्यक्ति पचाइसकेका नेपाली जनताले उनका असहिष्णु बोलीलाई गम्भीरतापूर्वक लिएनन् । सायद, यसलाई उनले जनताले उनका छुचा बोली रुचाएको ठाने ।

हालै नेकपाभित्रको किचलो छताछुल्ल भएपछि प्रधानमन्त्री ओली झन् कटु र आक्रामक अभिव्यक्ति दिन थाले । यतिन्जेल  उनका भनाइलाई ठट्यौली ठानेर रमाउँदै र उपहास गर्दै आएका व्यक्तिहरू पनि अहिले भने झस्किन थालेका छन् । आफ्नै पुराना सहकर्मीप्रति व्यक्तिगतरूपमा गरिएका उनका आक्रामक कटु अभिव्यक्तिले मर्यादाको सीमा उल्लंघन गरेको स्पष्टै सुनिन्छ । तर, सामाजिक सञ्जाललगायतमा भने नेकपाका नेताहरूबीचको स्तरहीन भनाभनका लागि चिन्ता व्यक्त भएको होइन । उत्तेजक अभिव्यक्ति दिँदादिँदै रौसिएर कतै प्रधानमन्त्री ओलीको छिमेकी वा अरू कुनै मित्रराष्ट्रप्रति लक्षित गरेर कटु अभिव्यक्ति पो दिइहाल्ने हुन् कि भनेर धेरैले चिन्ता प्रकट गर्न थालेका हुन् । प्रधानमन्त्री ओलीले कुनै मित्रप्रति समेत यस्तै अशोभनीय कटाक्ष, आक्षेप वा  कटु वचन प्रयोग गरे भने त्यसको असर सिङ्गो मुलुकले भोग्नुपर्ने हुनसक्छ । यसैले प्रधानमन्त्री ओलीले सार्वजनिक स्थानमा बोल्दा आफ्नो पदको गरिमा र बोलीले पार्नसक्ने असरका सम्बन्धमा पनि ध्यान दिनु आवश्यक र उचित देखिन्छ । व्यक्तिका रूपमा केपी ओलीका कटु वचनको परिणाम उनैले भोग्ने भए पनि प्रधानमन्त्रीका रूपमा उनको सार्जनिक दायित्व भएकाले सम्पूर्ण नेपालीले भोग्नुपर्ने हुन्छ भन्ने हेक्का रहोस् । देशको प्रमुख कार्यकारीलाई ‘विदूषकु भइरहने छुट हुँदैन ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC