site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

प्रतिनिधि सभाको असंवैधानिक अवसान  गरिएकै अवस्थामा राष्ट्रिय सभाको बैठक सुरु भएको छ । संसदीय लोकतन्त्रमा माथिल्लो सदनलाई ‘प्रबुद्धहरूको सभा मानिन्छ । नेपालमा भने यसलाई राजनीतिक नेताहरूले चुनाव हारेकाहरू वा थामथुम पार्नुपर्नेको थान्को लगाउने थलो बनाएर निरर्थक बनाइदिए । तैपनि, राष्ट्रिय सभाको संरचनाका कारण अझै पनि यस सदनबाट राष्ट्रले केही अपेक्षा  गर्नसक्ने देखिन्छ । नेपालको संविधानको धारा ८६ अनुसार राष्ट्रिय सभामा “प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा” निर्वाचित ५६ जना र राष्ट्रपति मनोनीत ३ जना गरी ५९ सदस्य हुन्छन् । यिनमा महिला, अपाङ्गता भएका व्यक्ति वा अलपसंख्यक समेतको प्रतिनिधित्व हुन्छ । अपेक्षाकृत समावेशी र संकीर्ण दलगत राजनीतिमा मुछिन बाध्य हुनुनपर्ने भएकाले राष्ट्रिय सभाका सदस्यले चाहेमा सरकारलाई सही बाटो देखाउन सक्छन् । तीनै तहका निर्वाचित प्तिनिधिको साझा संस्था भएको दायित्व पनि राष्ट्रिय सभाले पूरा गर्नुपर्छ ।

चुनाव हारेकाहरूलाई राष्ट्रिय सभामा निर्वाचित वा मनोनीत गर्दाबाहेक अरू बेला माथिल्लो सदनको खासै चर्चा नै हुने गरेको छैन । यस सदनले अहिलेसम्म सम्झनुपर्ने कुनै उल्लेखनीय काम गरेको पनि थाहा छैन ।  संसदीय पद्धतिमा प्रबुद्ध नागरिकको प्रतिनिधित्व हुने माथिल्लो सदनले अपेक्षाकृत जोसिला जनप्रतिनिधिको तल्लो सदनले गल्ती गरेमा सच्याउने अपेक्षा गरिन्छ । नेपालमा भने यस्तो अभ्यास  गर्ने प्रयासै भएन । त्यसो त, विघटित प्रतिनिधि सभा पनि सरकारको छायामै परेको थियो । जनताका समस्या उठाए पनि समाधान भए नभएको बुझ्ने चासो सांसदहरूले लिएनन् । तैपनि, जनताले चुनेका प्रतिनिधिले आफ्ना मर्का बुझ्ने अपेक्षा राख्थे । अब त त्यही संस्था  पनि बाँकी रहेन । यसैले राष्ट्रिय सभासँग जनअपेक्षा बढेको हो । 

यथार्थमा राष्ट्रिय सभा सामु अहिले आफ्नो औचित्य  सिद्ध गर्ने  चुनौती  र अवसर दुवै उपस्थित छ । यस्तो अवस्था  बिरलै  हुन्छ  ।  अहिले राष्ट्रिय सभाको खास कार्यव्यापार यसै पनि नहोला । प्रतिनिधि सभा जीवितै भएको भए सबैको ध्यान उतै केन्द्रित हुन्थ्यो । यसैले जनताले आफू प्रतिनिधिविहीन भएको ठान्नु नपर्ने गरी राष्ट्रिय सभाका सदस्यहरूले सबैभन्दा पहिले जनचासोका विषय उठाऊन् । राजनीति तातेको छ । राष्ट्रिय सभाका सदस्यहरूमाथि लोकतन्त्र समाप्त हुन नदिने दायित्त्व पनि छ ।  पहिलो दिनमै राष्ट्रिय सभामा राजनीतिक विषयको प्रवेश भइसकेको पनि छ । साथै, अहिले राष्ट्रिय सभाले जनताका समस्यामा पनि अपेक्षाकृत बढी ध्यान दिनु जरुरी छ । राष्ट्रिय सभा पनि सत्तारुढ दलको भाँडभैलोको भुमरीमा फस्यो भने त्यसबाट निस्कन सक्नेछैन । प्रतिनिधि सभा विघटनको मुद्दा पनि अदालतमा विचाराधीन भएकाले राष्ट्रिय सभाले न्यायालयको अधिकार क्षेत्र र मर्यादाको अतिक्रमण गर्नु विधिको शासनको मर्म विरुद्ध हुन्छ । यसैले राष्ट्रिय सभा राजनीतिक जुहारी खेल्ने होइन जनताका पीरमर्का उठाउने सदन बनोस् । राष्ट्रिय सभाको औचित्य अनिमात्र सिद्ध हुनेछ । राष्ट्रिय सभामा सरकार पराजित नै भए पनि नैतिक प्रश्नमात्र उपस्थित हुने हो । अहिलेका प्रधानमन्त्रीबाट कसैले पनि नैतिक बन्धन स्वीकार गर्ने अपेक्षा पक्कै गरेको छैनन् । यसैले माथिल्लो सदनका सांसदहरूले सुझबुझ देखाऊन् र राष्ट्रिय सभालाई प्रभावकारी बनाएर यस सदनको  औचित्य सिद्ध गरुन् !
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC