site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

देशमा कोभिड-१९ को संक्रमणलले सन्त्रासको अन्धकार त फैलाएकै थियो एक्कासि संसद् भंग हुँदा राजनीतिक अन्योलको तुँवालो पनि व्याप्त भयो । देशको राजनीतिक नेतृत्व चरम गैरजिम्मेवार भएको एउटा उदाहरण राजधानीमा दुई सातादेखि चलिरहेको उखु किसानहरूको आन्दोलन पनि हो । काठमाडौंको माइतीघरमा धर्ना दिएका किसानहरूलाई अहिले आन्दोलनमा समर्थन गर्न पुग्ने राजनीतिक नेताहरूमात्र हैन सञ्चारकर्मीले समेत बिर्सिदिए । दुनियाँभरका सरकारहरू कोभिड-१९ विरुद्ध आफ्ना नागरिकलाई कसरी छिटो खोप दिन सकिन्छ भनेर चिन्तित छन् । नेपालमा भने सत्तारुढ दलका नेताहरू एकअर्कालाई कसरी सिध्याउने भन्ने ध्याउन्नमा लागेका छन् । विपक्षी दल आन्दोलनमा जाने कि चुनावतिर लाग्ने भनेर ‘हाँस पहिले कि हाँसको फुल’ भनेजस्तो विवादमा घम्साघम्सी गर्दैछन् । समग्रमा नेपाली जनताले राज्य र राजनीतिप्रतिको विश्वास गुमाएका छन् । 

राजनीति गर्नेहरूले जनताको बेवास्ता गर्न थालेको धेरै भइसक्यो । यथार्थमा बीपी कोइरालाबाहेक नेपालका अरू कुनै राजनीतिक नेताले जनतालाई राष्ट्र भनेको र मानेको देखिएको छैन । पञ्चायत कालमा संविधानभन्दा माथि राखिएका राजाले जनभावनाको जति नै दुहाइ दिए पनि सम्मान कहिल्यै गरेनन् । यसैले जनता पनि राजाबाट विमुख भए । राजगद्दी छाड्ने बेलामा जनताले राजाप्रति देखाएको वितृष्णा यसैको परिणाम थियो । जनताको उपेक्षा निकै महँगो पर्ने देखेर पनि अरू राजनीतिक नेताले केही सिकेका रहेनछन् । सत्ता स्वार्थमा प्रवृत्त हुँदा तिनले देखाएको चरित्र र क्रियाकलापले जनताले कुनै अपेक्षा गर्न पनि छाडिसकेका छन् । तर, राज्य र जनताका बीचमा त सम्बन्ध विच्छेद हुन सक्तैन । यस्तो अवस्थामा ‘स्थायी सरकार’ भनिने कर्मचारीतन्त्रको पनि क्षमता र नियतको कसी लाग्नेछ । अर्कातिर, संसद् भंग भएपछि सरकार कामचलाउ भएको छ । यस्तो सरकारले दिर्घकालीन प्रभाव पर्ने कुनै निर्णय लिनु नैतिक र वैधानिक दुवै दृष्टिले अनुचित हुन्छ ।  

स्थायी कर्मचारी संयन्त्र अपनाउनुको मूल तात्पर्य राजनीतिक विवाद र अस्थिरताले राज्यका कुनै कामकाज नरोकियोस् भन्ने नै हो । नेपालले पनि २००७ सालपछि प्रशासनको यही ढाँचा अपनायो । नत्र, त राणाकालसम्म बर्सेनि कर्मचारीको पँजनी हुन्थ्यो । विगतमा कर्मचारीतन्त्र राजनीतिक विवादका बेला ‘शिथिल’ र राजनीतिक नेतृत्व आक्रामक हुँदा ‘निस्तेज’ हुनेगरेको छ । एक्काइसौं शताब्दीको राज्य भने सायद त्यसरी सञ्चालन हुन सक्तैन । कर्मचारीतन्त्रले स्थायी सरकार भएको सन्देश प्रवाह गर्ने अवसर यस्तै संकटका समयमा प्रकट हुन्छ । अस्थिर समयमा नियमित प्रशासनमा राजनीतिक हस्तक्षेप हुन नदिने र राज्यका साधन स्रोत गैरकानुनी तथा दलगत राजनीतिक लाभका लागि प्रयोग हुन नदिने दायित्व कर्मचारीहरूकै हो । यसैले राजनीतिक नेताहरू लुछाचुँडीमा लागे पनि कर्मचारीहरूले उखु किसानको मर्कादेखि राष्ट्रिय गौरवका आयोजनाको प्रगतिसम्ममा ध्यान दिएर ‘राष्ट्रसेवक’ को संज्ञा चरितार्थ गर्नुपर्छ । पढेलेखेका र राजनीतिक नेताको कृपामा निर्भर हुन नपर्ने कर्मचारीहरूले कानुनअनुसार कर्तव्य पूरा गरेर जनअपेक्षाको सम्मान गरून् ! अहिले कर्मचारी आफ्नो मेरुदण्डमा उभिए भने पछि आउनेले पनि झुकाउन सक्नेछैनन् ।         
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC