site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
कांग्रेसको अबको बाटो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

देशको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस अहिले सडकमा छ । ससद्को चुनावमा निकै कम स्थानमा विजयी भएपछि नै कांग्रेस सडकमा पुगेको थियो । संसदीय दलका नेताले नै सदनको उपेक्षा गरेकाले संसद्मा प्रमुख विपक्षी भएर पनि कांग्रेस प्रभावहीन हुनपुगेको हो । आज मंसिर २९, २०७७ का दिन भने नेपाली कांग्रेस नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारको ‘सर्वसत्तावादी रवैया’विरुद्ध विरोधमा सडकमा उत्रेको छ । पार्टीको आन्तरिक कलहका कारण चुनावपछि कहिल्यै एक जुट हुन नसकेको कांग्रेसलाई यसरी एक ढिक्का भएर सडकमा उत्रन भने सरकारी व्यवहारले उक्साएको हुनुपर्छ । नत्र, नेपाली कांग्रेस विशेषगरी शेरबहादुर देउवा सभापति भएपछि सरकारसँग मिलेर भागबन्डा गर्नमै बढी लालयित देखिएको थियो । धन्न ! दमौलीमा सरकारले अवरोध गरेकाले कांग्रेसहरू एक भएर विरोधमा लागे ।

कांग्रेसका शीर्ष नेताहरू आपसी कलहमा व्यस्त थिए । महाधिवेशनको मिति घर्किन लागिसक्ता पनि उनीहरू सानातिना विवाद निकालेर पार्टीकै अस्तित्व संकटमा पर्नेगरी बखेडा झिक्तै थिए । सभापति देउवा पार्टीको अस्तित्व र प्रभावभन्दा आफ्नो पदको सुरक्षामा प्रवृत्त देखिएका छन् भने उनका विरोधीहरूको ध्याउन्न पनि पार्टीको हितभन्दा आफ्नो स्वार्थको सुरक्षा रहेको देखिएको छ । यसैले सरकारबाट आजित र असन्तुष्ट जनता विपक्षप्रति आकर्षित हुन पनि नसकेका हुन्् । बरु, सरकार र विपक्षबाट जनता बिमुख भएको मौका लोकतन्त्र विरोधहरूले छोप्न थालेका छन् । यस्तो अवस्थामा प्रमुख विपक्षी दल सडकमा जाँदा संविधानका पक्षमा वातावरण बन्छ । तर, संसद्् लामो समयसम्म बन्द राखिएको र कोभिड—१९ को संक्रमण नियन्त्रण भइनसकेको अवसरमा सडकमा उत्रेर कांग्रेस पनि अरू पार्टीहरूजस्तै जनताको स्वास्थ्यप्रति गैरजिम्मेवार देखिएको छ । सरकारको विरोधमा शक्ति प्रदर्शन गर्नु कांग्रेसका निम्ति आवश्यक पनि थियो होला तर जनस्वास्थ्यमा भने अरू पार्टीले जसरी खेलबाड नगरेको भए हुन्थ्यो ।

दमौली घटना नभएको भए सायद कांग्रेस यसरी राष्ट्रव्यापी जनप्रदर्शनमा उत्रने पनि थिएन । बरु, संवैधानिक निकायमा नियुक्तिमा भागबण्डा गर्न सभापति देउवाको बढी रुचि देखिएको थियो । दुई दिनपछि सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्न लागेको पार्टीका सभापतिले प्रधानमन्त्री निवासमा गएर छलफल गर्दा नै कांग्रेसको रणनीतिक कमजोरी उजागर भएको थियो । अन्तिम समयमा संवैधानिक परिषद्को बैठकमा उपस्थित नहुने जनाउ दिएर सभापति देउवाले गरेको यो गल्ती सच्याए । यसले देशभरका कार्यकर्तालाई सरकारविरुद्ध सडकमा उत्रन हौसला मिलेको हुनुपर्छ । कोभिड—१९ को संक्रमण फैलने जोखिम हुँदाहुँदै पनि देशभर सडकमा उत्रेका कार्यकर्ताको हौसला कायम राख्न सकेमात्र नेपाली कांग्रेसले सरकारलाई जनताप्रति उत्तरदायी बनाइराख्ने विपक्षको उत्तरदायित्व पूरा गर्नसक्नेछ । अब, कांग्रेसले संसद्मा कसरी प्रस्तुत हुने भनेर समाजका विभिन्न समूहसँग छलफल थाल्नु उचित हुनेछ । सडकमा चर्को आन्दोलन गर्ने यो सही समय होइन । कांग्रेसको देशव्यापी प्रदर्शनबाट सरकार सच्चिने हो भने व्यवस्थाविरुद्ध आन्दोलन गर्नेहरूलाई कसैले पनि धम्क्याउनु पर्नेछैन । जनता स्वयंले तिनको उपेक्षा गर्नेछन् । तर, सरकार वा कांग्रेस सुध्रिने र जनउत्तरदायी हुने अपेक्षा गर्नु मूर्खता ठहरिने सम्भावना नै बढी छ ।   
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC