site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सत्य त व्यक्ति र वस्तु सापेक्ष नहुनुपर्ने हो । तर, हेर्नेको दृष्टिमै आग्रह र दोष भए कसैको केही लाग्दैन रहेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो थातथलो, संस्कृति र मौलिकता बचाउने खोकनावासीको संघर्षलाई ‘क्षणिक राजनीतिक स्वार्थका आधारमा गरिने जातीय र सांस्कृतिक नामका अन्तरविरोध’को संज्ञा दिएको समाचार सार्वजनिक भएको छ । प्रधानमन्त्री मातहत रहेको रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको पहिलो चौमासिक प्रगति समीक्षाका क्रममा शुकवार गरेको टिप्पणीबाट खोकनावासीको संघर्षलाई हेर्ने उनको दृष्टि पनि उजागर भएको छ । उनले खोकनावासीको संघर्षलाई ‘‘समाजमा साम्प्रदायिकता भड्काउने तथा अशान्तिको विष छर्ने प्रयास’’ भन्दै त्यसबाट ‘सतर्क’ आह्वान गरेका छन् । काठमाडौं–तराई(मधेस) द्रूतमार्गको  प्रारम्भ विन्दुमा रहेको खोकनामा निर्माणका क्रममा प्राचीन सम्पदा र स्थानीय बासिन्दाको आजीविकामा आघात पर्ने भन्दै खोकनावासीले विरोध गर्दैआएका हुन् । यसैले प्रकारान्तरले उनीहरूलाई समाजमा साम्पदायिकता भड्काउने तत्त्व भन्ने ध्वनित हुनेगरी लाञ्छित गर्नु अनुचित हो ।

खोकनावासीको विरोधलाई प्रधानमन्त्री ओलीले ‘क्षणिक राजनीतिक स्वार्थका आधारमा गरिने जातीय र सांस्कृतिक नामका अन्तरविरोध’ वा ‘समाजमा साम्प्रदायिकता भड्काउने तथा अशान्तिको विष छर्ने प्रयास’ ठानेका रहेछन् । अर्कातिर, सरकारी कर्मचारीलगायत सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले यसलाई ‘मुआब्जा’को लोभका रूपमा व्याख्या गरेका छन् । परन्तु, यथार्थ भने अर्कै छ । खोकनावासीले द्रूतमार्गले मिच्ने जमिनको क्षतिपूर्ति बढाउने प्रयास गरेका होलान् । त्यसो गर्नु अनुचित वा अनौठो पनि होइन । र, अपराध त झन् हुँदै होइन । तर, बस्तीका बीचबाट द्रूतमार्ग बन्दा पुरातात्विक र सांस्कृतिक सम्पदा मासिएला भनेर बढी डराएको खोकनावासीले बताउँदै आएका छन् । यसबाट स्पष्ट हुन्छ या त प्रधानमन्त्री ओलीले खोकनाको यथार्थ बुझ्ने प्रयासै गरेका छैनन् नभए परम्परागत आद्यात्मिक संस्कृति विरोधी भौतिकवादी कम्युनिस्ट दीक्षाले उनी पूर्वाग्रही भएका हुनसक्छन् । एक्काइसौं शताब्दीमा पनि ’चिनियाँ सांस्कृतिक क्रान्ति’ र ‘नक्सलबाडी’ आन्दोलन ताकाको मानसिकता प्रकट हुनु दुर्भाग्य हो ।

Prabhu Bank
Agni Group
NIC Asia

खोकनावासीलाई त शताब्दीयौं पुरानो पुरातात्विक सम्पदा र सांस्कृतिक परम्परा जोगाउन अडान लिएबापत राज्यले सम्मान गर्नुपर्ने हो । उनीहरूले अडान लिएकैले संसारको ध्यान खोकनाको पुरातात्विक महत्ताप्रति आकर्षित भएको हो । द्रूतमार्ग बनाउँदा खोकनावासीले भनेजसरी प्रारम्भ विन्दुमा केही फेरबदल गर्दा आकाश खस्दैन । अलिकति पैसा बढी खर्च होला तर खोकना जोगिन्छ भने त्यसलाई ठूलो ठान्नु पर्दैन । अर्को खोकना त जति पैसा खर्च गरे पनि बनाउन सकिँदैन नि । त्यसका साथै काठमाडौं उपत्यकाभित्रै पनि खोकनाको अलग्गै सांस्कृतिक पहिचान छ । तिनलाई जोगाउनकै लागि खोकनावासी चिन्तित भएका हुन् । यसैले प्रधानमन्त्री ओलीले खोकनावासीका चित्कार सुन्ने प्रयास गरून् । उनीहरूसँग बसेर छलफल गरेर खोकनाको मौलिकता र प्राचीन सम्पदामा आँच नआउने गरी द्रूतमार्गको नक्सा परिवर्तन गर्न निर्देशन दिऊन् । कारण, अर्को खोकना बनाउन सकिँदैन तर द्रूतमार्ग आरम्भ विन्दु त परिवर्तन गर्न सकिन्छ नि ! 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC