site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
महासंघको नयाँ नेतृत्वलाई शुभकामना !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

निजी क्षेत्रका उद्यमी व्यवसायीको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय समितिमा नयाँ नेतृत्व छानिएको छ । कोभिड—१९ को संक्रमण बढी नै रहेको भए पनि महासंघको निर्वाचन शान्तिपूर्वक र सकेसम्म सुरक्षितरूपमा सम्पन्न भएको छ । कोभिड— १९ को संक्रमणको बहाना बनाएर दलगत निर्वाचन स्थगित गर्ने राजनीतिक दलका नेताहरूको नियत र नालायकी पनि महासंघको चुनावपछि उदाङ्गो भएको छ । महासंघको विधानअनुसार अगिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन्छन् । यसैले निर्वाचन मूलतः अर्को कार्यकालका अध्यक्ष अर्थात् वरिष्ठ उपाध्यक्षको छनोटका लागि भएजस्तो देखिएको थियो । नवनिर्वाचित वरिष्ठ उपाध्यक्षले चुनावमा समूहगतरूपमा भाग लिएको भए पनि निर्वाचन सकिनेबित्तिकै समूह (प्यानल) समाप्त भएको घोषणा गरेका छन् । यसबाट महासंघ निजी क्षेत्रका उद्यमी व्यवसायीको हितका लागि एक ढिक्का भएर क्रियाशील हुने सम्भावना प्रकट गरेको छ ।

देशको अर्थतन्त्रका सूचकहरू सकारात्मक छैनन् । कोभिड—१९ का कारण उत्पन्न्न विश्वभर अर्र्थतन्त्र शिथिल र अस्तव्यस्त भएको छ । अरू दक्षिण एसियाली मुलुकमा समेत अर्र्थतन्त्रलाई गतिशील बनाइराख्न राज्यले सहायता र कर छुटका आकर्षक कार्यक्रम घोषणा गरेका भए पनि नेपालमा अर्थतन्त्र र निजी क्षेत्र सरकारको प्राथमिकतामा पर्न सकेन । यथार्थमा कोभिड—१९ को महामारीको असरबाट जनतालाई जोगाउन बेवास्ता गरेजस्तै सरकारले अर्थतन्त्र र त्यसमा पनि निजी क्षेत्रलाई बचाइराख्न खासै प्रयत्न गरेन । सरकार त बन्दाबन्दी (लकडाउन) अर्थात् निषेधको उपाय अपनाएर बस्यो । सरकारले बजेटमा घोषणा गरेकै पनि सहयोग र सहुलियत निजी क्षेत्रसम्म पुग्न सकेको छैन । यसरी एकातिर राष्ट्रिय अर्थतन्त्र सबैभन्दा कमजोर विन्दुमा पुगेको र अर्कातिर सरकारबाट भरथेग हुने आशा गर्नु पनि मूर्खता ठहरिने अवस्थामा महासंघमा नेतृत्व फेरिएको छ । यसैले महासंघका पदाधिकारीका लागि यो कार्यकाल विगत र सम्भवतः आगामीभन्दा बढी चुनौतीपूर्ण हुनेछ ।

नेपाल उद्योग वाणिज्य महासंघका हकमा सजिलो के देखिन्छ भने कार्य समितिको नेतृत्वमा आउने नयाँ व्यक्ति अनुभवहीन हुँदैनन् । प्रकारान्तरले वरिष्ठ उपाध्यक्षले नेतृत्वको एक प्रकारको प्रशिक्षण पाइसकेका हुन्छन् । यसैले कार्यसमितिको नतृत्वले शूून्यबाट सुरु गर्नु पर्दैन । अर्थात् संकटमा परेको अर्थतन्त्रलाई गति दिन तत्काल काम सुरु गर्न महासंघको नेतृत्वलाई अलमलिनु पर्नेछैन । तर, महासंघका पदाधिकारीहरूमा समग्र निजी क्षेत्रको हितमा भन्दा आफ्नो व्यक्तिगत लाभका लागि पदको प्रभाव प्रयोग गर्ने प्रवृत्ति दोहोरियो भने संकट झन् बढ्नसक्छ । त्यस अवस्थामा महासंघका पदाधिकारीको नैतिक शक्ति पनि कमजोर हुनेछ । अहिले निजी क्षेत्रका ठूला उद्यमी व्यवसायी घरानादेखि नाङ्ले पसलेसम्म संकटमा छन् । समस्याको आयाममा अन्तर होला तर पीडा सबैले सहेकै छन् । महासंघमा सडक व्यापारीको प्रतिनिधित्व वा सहभागिता नभए पनि तिनलाई व्यवसायी मान्ने मानसिकता विकास हुनु जरुरी छ । अनिमात्र महासंघले देशको सिंगो व्यावसायिक क्षेत्रको प्रतिनिधित्व गरेको पुष्टि हुन्छ । देशको अर्थतन्त्रलाई पुनर्जीवन दिन महासंघले तत्काल कार्यक्रम अगाडि सार्नु आवश्यक छ भने सरकारले त्यसमा पूर्ण सहयोग गर्नुपर्छ । निजी क्षेत्रको पूर्ण क्रियाशीलताविना देश अर्थतन्त्र बौरिन सक्तैन भन्ने यथार्थ सरकारका हर्ताकर्ताले मनन गरुन् । 
नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालका लागि शुभकामना !  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC