site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अहिलेसम्मकै उच्च ६ अर्बमाथिको कारोबार भएको सेयर बजार ३६ अंकले बढ्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा उत्साह देखिएको छ । ऐतिहासिक कारोबार भएको दिन बजार परिसूचक नेप्से पनि उच्च अंकले बढेको छ ।

पछिल्लो केही महिनायता लगातार बढिरहेको नेप्सेमा दसैँयता झनै उत्साह देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचकले खासै साथ नदिए पनि नेप्से भने उच्च अंकले बढेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहीबार प्रि-ओपनिङ सेसनमै करिब साढे ९ अंकले बढेर खुलेको नेप्से ३६.३२ अंक (२.०८ प्रतिशत) ले वृद्धि भएर १७७८.१२ अंकमा पुगेको छ । नेप्से उच्च अंकमा वृद्धि हुँदा कारोबार रकम अहिलेसम्मकै उच्च ६ अर्ब नाघेको छ । आज नेप्सेमा ५६ हजार २३१ वटा कारोबारमा १९८ कम्पनीको एक करोड ४० लाख ५७ हजार ८४१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ४२ लाख ८ हजारको कारोबार भएको छ ।

बैंकिङ समूहको सूचकले साथ नदिए पनि व्यापार होटेलसँगै निर्जीवन बिमा, जीवन बिमा, अन्य र उत्पादन समूहको सूचक उल्लेख्य बढ्दा नेप्सेमा सकारात्मक प्रभाव परेको हो । बैंकिङ समूहको सूचक ०.२१ प्रतिशतले मात्रै वृद्धि भए पनि व्यापार समूहको सूचक ९.९४ प्रतिशत, होटेल समूहको सूचक ९.३८ प्रतिशत, निर्जीवन बिमा समूहको सूचक ४.३३ प्रतिशत, उत्पादन समूहको सूचक ५.६४ प्रतिशत, अन्य समूहको सूचक ४.४३ प्रतिशत र जीवन बिमा समूहको सूचक १.५ प्रतिशतले वृद्धि भएको छ । नेप्सेका कारोबारमा आउने बैंकिङ र म्युचुअल फन्डबाहेक अन्य सबै समूहको सूचक १ प्रतिशतभन्दा माथिले वृद्धि भएको छ ।

Global Ime bank

चापपर्व दसैं तथा तिहारजस्ता पर्व सकिएसँगै लगानीकर्ता फेस्टिभ मुडबाट क्रमश: बाहिरिँदा नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको हो ।

आज कारोबारमा आएकामध्ये १५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । युनिलिभर नेपाल, र तारागाउँ रिजेन्सी होटेलको सेयर मूल्य १० प्रतिशतले वृद्धि हुँदा अन्य १३ कम्पनीको सेयर मूल्य पनि करिब १० प्रतिशतले नै वृद्धि भएको छ । सकारात्मक सर्किट लाग्‍नेमा उत्पादन अन्य तथा व्‍यापार र बिमा समूहका कम्पनीहरु छन् । गुमाउनेमा भने रैराङ हाइड्रोपावर, सामूहिक लगानी कोष र ऋणपत्रका लगानीकर्ता छन् ।

लगानीकर्ता नेपाल पुनर्बिमा कम्पनीमा झुमिँदा ४१ करोड आठ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ । कारोबार रकममा हिमालयन डिस्टिलरी, नेपाल लाइफ, नेसनल लाइफ, र नेपाल दूरसञ्‍चार कम्पनी अगाडि छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC