site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
तिहारको शुभकामना !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चाडपर्वहरू पातलिएको सन्देश दिन्छ तिहारले । अब ठूला चाडपर्र्वमध्ये छठ मनाउन बाँकी छ । त्यसपछि माघे सक्रान्ति र विभिन्न समुदायका नयाँ वर्ष । यी सबै पर्व कुनै न कुनै जाति वा समुदाय विशेषले अलि बढी महत्त्व दिने गरे पनि सबै नेपालीले मनाउँछन् । यसैले यिनको धार्मिकभन्दा सांस्कृतिक पहिचान बढी देखिन्छ । पर्वहरूको यस्तो सांस्कृतिक रूपान्तरण सम्भवतः नेपाली समाजमा मात्रै पाइन्छ । केही दशक पहिलेसम्म मधेसमा मात्र मनाइने छठ अब पहाडका धेरै सहरहरूसम्म पुगेको छ । दसैं, तिहारलाई मधेसमा पनि उत्तिकै उत्साहका साथ मनाउन थालिएको छ । समाजको बुनोटलाई कसिलो बनाउने  यस्ता सांस्कृतिक महत्त्वका पर्वहरू संसारका अरू भागमा बिरलै भेटिन्छन् ।

यस वर्ष महामारीको डरले चाडपर्वहरू खुलेर मनाइएनन् । तैपनि, नेपालीहरूले सांस्कृतिक पर्वहरूलाई खल्लो हुन दिएनन् । यद्यपि, चाड मनाउने क्रममा अपनाउनुपर्ने सावधानी नअपनाउँदा कतिपयका लागि दसैं दसा पनि बन्न पुग्यो । नेपालीहरू चाडपर्व पारेर किनमेल गर्छन् । कोभिड—१९ को महामारीले शिथिल बजारमा दसैंको किनमेलले नयाँ रक्त सञ्चार गरेको थियो । तिहारमा अपेक्षित किनमेल हुननसके पनि बजारमा केही चहलपहल थपिएको छ । यसले व्यवसायीहरू विशेषगरी साना व्यापारीले सन्तोषको सास फेरेको हुनुपर्छ । यद्यपि, यो वर्ष असोज महिनामा मलमास परेकाले तिहारकेही पछि सर्न पुग्यो । पूmल पहिले नै फुलेकाले पुष्प व्यवसायीहरू मर्कामा परे । तैपनि, महामारी फैलन बन्द नभए पनि तिहार मनाउन नेपालीहरू उत्साहित देखिएका छन् । यो उत्साह नेपाली जातिको जीवटपनको उदाहरण हो ।  

तिहारमा काग, कुकुर, गोरु र गाईको पूजा गरेर उनीहरूप्रति कृतज्ञता प्रकट प्रकट गरिन्छ । कतिपय समुदायले लक्ष्मीको पूजा र दीपावली पनि गर्छन् । यसैले केहीले तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ । नेवारहरूमा थप ‘ह्म पूजा’ आत्मपूजाको प्रचलन छ । तिहारलाई भाइ टीका भनेर पनि चिनिन्छ । यी सबै प्रथा र परम्परा नेपाली समाजका सांस्कृतिक विशेषता हुन् । यस्तै चाडपर्व मनाउँदा खासै सावधान नहुने प्रवृत्ति पनि नेपाली समाजको मौलिक चरित्रका रूपमा प्रकट भएको छ । कोभिड—१९ को संक्रमण समुदायस्तरमा पुगिसकेको छ । चाडबाडको भिडभाडले यो अझ फैलन सक्छ । छठ सकिएपछि लामो समयसम्म चाडबाड मनाइँदैन । यसैले तिहार र छठ सुरक्षितरूपमा मनाउन सके संक्रमण फैलने जोखिम केही कम हुनेथियो । चाडपर्व मनाऊँ तर सावधानी पनि अपनाऊँ । कम्तीमा एकाघरका मानिसबाहेक अरूसँग सामाजिक दूरी अपनाउने र सार्वजनिक स्थानमा मास्क लगाउनेमात्र गरे पनि संक्रमणको जोखिम धेरै कम गर्न सकिन्छ  । 
बाह्रखरी परिवारका तर्फबाट हाम्रा सबै पाठक, शुभेच्छुक, विज्ञापनदाता, सहकर्मीहरू र समस्त नेपालीमा सुख, शान्ति र आरोग्यको शुभकामना !       
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC