site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चिस्यान केन्द्रका लागि सघाउने मन्त्री भट्टराईको प्रतिबद्धता

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कृषि उत्पादन भण्डारका लागि चिस्यान केन्द्र बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आज आयोजित कार्यक्रमलाई बोल्दै मन्त्री भट्टराईले सडक सञ्जालले गाउपालिका जोडिएकोले कृषि उत्पादन बढाउँदै कृषि भण्डारका लागि चिस्यान केन्द्र बनाउन सहयोग गर्ने प्रतिबद्धता गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उहाँले ताप्लेजुङमा अलैँची उत्पादन बढी हुने भएकाले अलैँची प्रशोधन केन्द्र निर्माणमा सहयोग गर्ने पनि बताए । कृषि क्षेत्रमा लाग्न युवाहरु लाग्न आग्रह गर्दै मन्त्री भट्टराईले विदेशमा गएर १८ घण्टा काम गर्नुभन्दा आफनै गाँउघरमा आठ घण्टा काम गर्न सुझाव दिए ।

आठराईको इवादेखि  ढुंगेसाघुससम्मको सडकको शिलान्यास भइसकेको र यस सडकले मदन भण्डारी राजमार्ग र तमोर करिडोरमा समेत जोडिने भएकाले अब विकासका पूर्वाधारमा जिल्ला पछि नपर्ने पनि उनले बताए । - रासस

फाइल तस्बिर ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  १९:१८
प्रतिक्रिया दिनुहोस्