site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाली कांग्रेस र चौधाैं महाधिवेशन

नेपाली कांग्रेसको भूमिका  हालका दिनमा अत्यन्त कमजोर र निरीह देखिँदै आएको छ । कांग्रेसकै नेताहरूले प्रतिपक्षको भूमिका पूरा हुन नसकेको स्वीकार गरिरहेका छन् । प्रतिपक्षको सदन र सडक हुन्छ । सदनमा कांग्रेसको संख्या ठूलो छैन । तर, गत निर्वाचनमा कांग्रेसले ल्याएको मत हर्र्ने हो भने नेपाली कांग्रेसले सडकबाट सरकारलाई सजग बनाउन सक्ने देखिन्छ । परन्तु, यसका लागि नेतृत्वमा नैतिक बल चाहिन्छ । कांग्रेसको नतृत्व भने नैतिक शक्तिमा कमजोर देखिन्छ । 

नेपाली कांग्रेस आफँै विभिन्न स्थायी गुट र उपगुटमा विभक्त छ । नेतृत्वले गुटको फाइदामात्र हेरेको पाइन्छ । सरकार कान्डैकान्डमा मुछिएको छ । जनता यस्ता कुराबाट आक्रान्त छन् । तर, कांग्रेसले त्यस्ता क्रियाकलापको सशक्त विरोध गर्न सकिराखेको छैन ।  कांग्रेसले विरोधका लागि विरोध गरेजस्तो मात्रै देखिन्छ । कम्युनिस्टहरुको जनाधार खस्केको पक्कै हो तर नेपाली कांग्रेसको जनधार पनि बढेको छैन । अरु बिग्रे हामी सप्रन्छाैँ भन्ने सोच गलत हो । त्यस्तो नहुन पनि सक्छ । 

आक्रोशित युवालाई सामाजिक सञ्जालमार्फत पनि एकत्रित हुने र सशक्त विरोध गर्ने हुनसक्दो रहेछ । ‘इनफ इज इनफ’ आन्दोलन त्यसको एउटा गतिलो नमुना हो । यसले स्थापित दलहरुप्रति जनआक्रोश बढेको देखाउँछ । 

Prabhu Bank
Agni Group
NIC Asia

यी सबै समस्या समाधानका लागि नेपाली कांग्रेसले आगामी चौधाैं महाधिवेशनमा गहन छलफल गरी दललाई एकजुट र तन्दुरुस्त बनाउन सक्नुपर्छ । तर परिस्थिति हेर्दा तेस्तो देखिँदैन । 

महाधिवेशनको टुंगो लागेको छैन तर अहिले नै उमेदवारी घोषणाको बाढी नै लागेको देखिन्छ । तर उनीहरुको उमेदवारी केका लागि हो भन्ने प्रस्ट भने देखिँदैन । यसरी नेपाली कांग्रेस सुध्रिन्छ भन्नेमा कांग्रेसका कार्यकर्ता र जनता विश्वस्त भएको पाइँदैन । त्यसैले आगामि अधिवेशनबाट निम्न कुराहरुमा कांग्रेस स्पष्ट हुन जरुरी देखिन्छः

Global Ime bank

१ सैद्धान्तिक बहस र स्पष्टताः बीपी कोइरालाको समाजवादबाट कांग्रेस टाढा भइसकेको देखिन्छ । त्यसैले नेपाली कांग्रेसको सैद्धान्तिक दर्शन के हुने हो स्पष्ट पार्नु जरुरी छ । बीपी कोइरालाद्वारा प्रतिपादित सिद्धान्तलाई समय अनुकूल बनाउनुपर्ने भएमा सो समेत स्पष्ट गर्नुपर्छ । आगामी अधिवेशनबाट प्रजातान्त्रिक समाजवाद र राष्ट्रियताका विषयमा कांग्रेसले  आफ्ना धारणा जनतासम्म लैजान नसके कांग्रेसप्रतिको आकर्षण बढ्ने देखिँदैन । त्यसैले जनजनले बुझ्ने भाषामा र स्पष्ट मानकसहित आफ्ना सिद्धान्तको व्याख्या कांग्रेसको अधिवेशनको आवश्यकता हो । यल विश्वविद्यालयका प्राध्यापक पेट्रिक जे  डेनिन ले आफ्नो किताब ‘ह्वाइ लिबरलिज्म फेल्ड (२०१८)’भन्ने मा लेखेका छ्न – कुनै पनि सिध्दान्त भनाइ र गराइमा फरक हुँदा असफल हुन्छ । कांग्रेसको अहिलेको अवस्था पनि त्यस्तै देखिन्छ  । त्यसैले सैद्धान्तिक स्पष्टता अहिले कांग्रेस अधिवेशनको पहिलो अपरिहार्य सर्त हो ।

२. आजसम्मका पार्टीका कामको निर्मम पुनरवलोकन : नेपाली कांग्रेसले कंजुसी नगरीकन विभिन्न कालखण्डमा कांग्रेसले  गरेका काम र त्यस्तो काम गर्ने मान्छेलाई मेरो तेरो नभनी हाम्रो भनेर महाधिवेशनले धन्यवाद दिन सक्नुपर्छ  र त्यस्तो राम्रो कामलाई महाधिवेशन प्रतिनिधिमार्फत गाउँगाउँसम्म लैजानुपर्छ । उदाहरणका लागि नेपाली कांग्रेसको खुला तथा उदार अर्थ नीतिका कारण स्वास्थ्य, विद्युत् उत्पादन, पर्यटन, बैंक तथा वित्तीय संस्थाजस्ता अर्थतन्त्रका आधारभूत पूर्वाधारको विकास भएको छ । नेपाली कांग्रेसकै नीतिका कारण प्रतिव्यक्ति आयसमेत बढेको छ । सन् १९९० मा पञ्चायती व्यवस्थाको अन्तिम समयमा वार्षिक प्रतिव्यक्ति आय १९२ अमेरिकी डलर रहेकोमा २०१९ को अन्त्यसम्ममा १,०७१ अमेरिकी डलर पुगेको छ । 

नेपाली कांग्रेसका नेताहरुमाथि भ्रष्टाचार र अनियमितताका आरोपहरु पनि लागेका छन् । विभिन्न तहका निर्वाचनका टिकटहरु  बेचिएका र दुःख पाएका कार्यकर्ताले टिकट नपाउँदा अन्तर्घात भई कांग्रेसका उम्मेदवारहरु हारेको चर्चा जनताका बीचमा हुनेगरेको छ । त्यसैले यस्ता कुराहरुमा निर्मम छलफल गरी यस्ता गलत कार्य भविष्यमा नहुने प्रत्याभूति  आगामी अधिवेशनले कार्यकर्ता र जनतालाई दिन सक्नुपर्छ ।

३. धर्मसम्बन्धमा पार्टीको विचार : ८१.३ प्रतिशत हिन्दु, ९ प्रतिशत बौध्द र ३ प्रतिशत किराँत गरी जम्मा ९३.३ प्रतिशत सनातन धर्म मान्ने जनता भएको देशमा आन्दोलनका समयमा नउठेको धर्मनिरपेक्षता जबर्जस्ती लादियो भन्ने बुझाइ सामान्य जनतामा छ । कम्युनिस्टहरु धर्म विरोधी हुन् तर नेपाली कांग्रेस धार्मिक स्वतन्त्रताको मान्यता राख्ने लोकतान्त्रिक पार्टीको धारणा के आउँछ भनेर सर्वसाधारण जनता कुरेर बसेका छन् । त्यसैले यस विषयमा पनि नेपाली कांग्रेसले आफ्नो आगामी अधिवेशनबाट जनताले बुझ्ने भाषामा स्पष्ट विचार दिन सक्नुपर्छ ।

४. युवा आकर्षणको एजेन्डा : सन् २०११ को जनगणनाअनुसार लगभग ३८ लाख नयाँ युवा मतदाताका रुपमा आगामी निर्वाचनमा थपिन्छन् । नेपाली कांग्रेसमा युवालाई समेट्न बनाइएका सङ्गठनहरु नेविसंघ र तरुण दल मृत प्रायः छन् । तरुण दल र नेविसंघ आफैँमा विभाजित छन् । त्यसैले कांग्रेसको युवासम्म पुग्ने कडी चुँडिएको छ । नयाँ थपिने युवा मतदातामा कुनै दल विशेषप्रतिको आकर्षण छैन । किनभने उनीहरु पुरानो पुस्ताजस्तो  कुनै दलको छायामा आन्दोलन गरेर आएको पुस्ता होइन । त्यसैले आगामी महाधिवेशनबाट कांग्रेसले युवालाई ध्यानमा राखेर स्पष्ट कार्यक्रम ल्याउनुपर्छ अन्यथा आगामी निर्वाचनको परिणाम सोचेभन्दा उल्टो आउन सक्छ ।

अन्त्यमा, अहिले कांग्रेसको नेतृत्वमा को पुग्ने भन्ने होडबाजी देखिन्छ । महाधिवेशनको मुखैमा यो स्वाभाविक पनि हो । तर विनाएजेन्डाको होडबाजीले कांग्रेसलाई कहीँ पुग्न दिँदैन । यस विषयमा बेलैमा कांग्रेसका सबै कार्यकर्ता र नेता  सजग  हुनु जरुरी छ । यी र यस्तै कुराहरुमा महाधिवेशनबाट कांग्रेस स्पष्ट हुन नसकेमा कसैले नेतृत्वमा बाजी त मार्ला तर कांग्रेसजन र जनताले पक्कै हार्नेछन् । अनि कांग्रेस कांग्रेसलाई अकल्पनीय दुर्घटनाबाट बचाउन पनि कसैले सक्नेछैन ।

सहप्राध्यापक, त्रिभुवन विश्वविद्यालय

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  १०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC