site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली–प्रचण्डबीच संवाद हुनै छाड्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थायी कमिटी बैठकयता नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियमितजसो बालुवाटार धाउँथे । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका बाँकी काम टुङ्ग्याउने सन्दर्भमा घण्टौँ कुराकानी हुन्थ्यो । र, पनि कुनै निकास निस्कँदैनथ्यो ।

प्रधानमन्त्री ओली भेट्न दिनहुँ बालुवाटार धाइरहेको देखेर कतिपयले अध्यक्ष प्रचण्डलाई ‘तारेख धाएको’ टिप्पणी पनि गरे । तर, अहिले ओली–प्रचण्डको भेटमा ‘ब्रेक’ लागेको छ । बालुवाटार स्रोतले जानकारी दिएअनुसार कात्तिक ४ गते मङ्गलबारयता ओली–प्रचण्डबीच संवाद ठप्प छ ।

“पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली बालुवाटारमा बसेर आफूखुसी गर्ने, पार्टीका निर्णयहरू कार्यान्वयन हुन नदिने गर्न थालेपछि संवादको कुनै अर्थ रहेन । अहिले भेट होइन, फोनमा पनि कुरा हुन छाडेको छ,” प्रचण्डनिकट स्रोतले भन्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री ओलीनिकट स्रोतले पनि दुई अध्यक्षबीच दसैंको शुभकामना साटासाटसमेत नभएको टिप्पणी गरे । “पछिल्लो समय उहाँहरू संवादमा हुनुहुन्न । संवादविहीनताको अवस्थाले शुभकामना साटासाटसमेत हुन पाएको छैन,” प्रधानमन्त्रीको सचिवालय सदस्य भन्छन् ।

ओली–प्रचण्डको संवादहिनताले केन्द्रीय कमिटीको बैठक स्थगित गर्न पनि समस्या भयो । महासचिव विष्णु पौडेलले दौडधूप गरे । पार्टी पद्धतिअनुसार स्थायी कमिटीले आह्वान गरेको केन्द्रीय कमिटी माथिल्लो कमिटीको बैठक बसेर स्थगित गर्नुपर्ने हुन्छ ।

Global Ime bank

सकेसम्म स्थायी कमिटी नभए सचिवालय तहको कमिटीको बैठक बसेर केन्द्रीय कमिटीको बैठक सार्नुपर्ने हुन्छ । तर, सचिवालय बैठक बस्ने अवस्था नरहेको र दुई अध्यक्षबीच टेलिफोनमा समेत वार्ता हुन छाडेपछि महासचिव पौडेलले प्रधानमन्त्री निवास बालुवाटार र प्रचण्ड निवास खुमटार पुगेरै कुराकानी गरेका थिए ।

दुई अध्यक्षसँग कुराकानी गरेर कात्तिक १५–१७ गतेलाई तय भएको केन्द्रीय कमिटी बैठक मङ्सिर १५–१७ पुर्‍याइएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

“महासचिव पौडेलले प्रधानमन्त्रीसँग हिजो कुराकानी गर्नुभयो । आज बिहान अर्का अध्यक्ष प्रचण्डसँग कुराकानी गरेपछि एक महिना सार्ने समझदारी बनेको हो,” उनले बाह्रखरीसँग भने ।

स्थायी कमिटीको बैठकपछि २९ भदौमा अन्तरपार्टी निर्देशन जारी गर्ने बेलामा ओली–प्रचण्डले कहिल्यै विवादमा नफर्कने बताएका थिए । २६ भदौलाई विवादमा नफर्कने अठोटको मितिसम्म घोषणा गरेका थिए ।

तर, एक महिना नबित्दै कर्णाली प्रदेशको विवादलाई लिए अलगअलग निर्देशन जारी गर्ने तहमा पुगे । प्रधानमन्त्री स्रोतले दिएको जानकारीअनुसार कर्णाली प्रदेशको विवाद समाधान गर्न दुवै पक्षलाई आ–आफ्नो कदम फिर्ता दिन लगाउने पक्षमा ओली थिए । प्रचण्डको पनि त्यसमा सहमति थियो । 

तर, नेपाल पक्षले मन्त्रिपरिषद् पुनर्गठन गरेर तीनजना मन्त्री थप्ने समझदारी कार्यान्वयन हुनुपर्ने अडान राखेपछि प्रचण्ड पछि हटेर तलको समस्या तलै समाधान गर्न दिउँ भनेको ओली स्रोतको दाबी छ । कर्णाली प्रदेश प्रकरणपछि ओली–प्रचण्डबीच बोलचाल बन्द भएको छ ।

तर, माधव नेपाल पक्ष भने बल प्रचण्डकै कोर्टमा रहेको बताउँछन् । “ओली सहमतिप्रति इमान्दार छैनन् भनेर हामी पहिल्यै निश्चिन्त थियौं । तर, प्रचण्डले हतारहतार सम्झौता गर्नुभयो,” नेपालनिकट एक स्थायी कमिटी सदस्य भन्छन्, “बल अझै प्रचण्डको कोर्टमा छ । विवादलाई कुन दिशा दिने भनेर उहाँले नै निर्क्यौल गर्न सक्नुहुन्छ । माधव नेपाल त सुरुदेखि नै आफ्नो विचारमा यथावत् हुनुहुन्छ ।”

अहिलेको समस्याको जड ओलीमात्र नभइ प्रचण्डको सम्झौतापरस्त चिन्तन पनि भएको ती सदस्यको ठहर छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC