site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
नेपाल र ओमान सरकारबीच ९० दिनसम्म प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता

 काठमाडौं । नेपाल र ओमान सरकारबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानीबाहकलाई एक अर्काको देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ ।

सोमबार ओमानको परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । उक्त सम्झौताअनुरूप राहदानीबाहक दुवै देशका नागरिकले एक-अर्काको देशमा प्रत्येक पटक प्रवेश गरेको मितिदेखि ९० दिनसम्म प्रवेशाज्ञा नलिकन प्रवेश गर्न, ट्रान्जिटको रूपमा रहन, बस्‍न तथा त्यहाँबाट प्रस्थान गर्न सक्नेछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबिले हस्ताक्षर गरेका छन् । 

यस सम्झौतापश्चात् ओमान र नेपालबीच हुने द्विपक्षीय औपचारिक भ्रमण, ट्रान्जिट भ्रमणलगायत अन्य गतिविधिहरू बढाउन सहयोग पुग्‍नेछ । त्यसैगरी  पछिल्लो समयमा ओमान अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त ट्रान्जिटको रूपमा विकास भइरहेको सन्दर्भमा श्रमलगायत अन्य विविध गतिविधिहरूका लागि यहाँ हुने भ्रमणहरूमा समेत यस सम्झौताले सहजीकरण गर्ने जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १७:२३
प्रतिक्रिया दिनुहोस्