site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ब्लड ग्रुपले पनि कोभिडको असरलाई प्रभावित गर्छ !
Sarbottam CementSarbottam Cement

एजेन्सी । बुधबार प्रकाशित दुइवटा रिसर्चमा ‘ओ’ ब्लड ग्रुप भएका मानिस कोभिड–१९ सामु कम संवेदनशील हुन सक्ने देखिएको छ । यसका अनुसार उनीहरु कोरोना भाइरसका कारण गम्भीर बिरामी पर्ने सम्भावना कम हुन्छ । तर विज्ञहरुले यस विषयमा थप अध्ययन आवश्यक रहेको पनि बताइरहेका छन् । 

रिसर्चले संक्रमणको जोखिम र गम्भीर बिरामी पर्न सक्ने सम्भाव्यतामा ब्लड ग्रुपको वास्तविक भूमिका हुने सम्बन्धी प्रमाण प्रस्तुत गरेको छ । संक्रमणको स्तर र ब्लड ग्रुप एकआपसमा कसरी सम्बन्धित भए भन्ने अझै स्पष्ट नभए पनि अनुसन्धानका क्रमममा यस्तो पत्ता लागेको बताइएको छ । 

डेनिस समुहका वैज्ञानिकहरुले गरेको पहिलो अध्ययनमा कोभिड पोजेटिभ भएका ७ हजार बढी मानिस मध्ये ३८.४ प्रतिशतको ब्लड ग्रुप ओ रहेको थियो जबकी कूलगरि २२ लाख मानिसमा ४१ प्रतिशतको यो ब्लड ग्रुप हुने गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अर्कोतर्फ तिनै ७ हजार संक्रमितमा ४४.४ प्रतिशत चाहिँ ब्लड टाइप ए थिए र डेनिस जनसङ्ख्यामा ४२.३ प्रतिशतको यो ब्लड ग्रुप हुने गर्दछ । 

यसैगरी क्याडनाका अनुसन्धानकर्ताहरुले गरेको अर्को छुट्टै रिसर्चमा पनि कोरोनाले गम्भीर बिरामी परेका ९५ बिरामीमा ८४ प्रतिशतको ब्लड ग्रुप ए या एबी रहेको पत्ता लागेको हो । यति मात्र नभएर उनीहरुले ए या एबी ब्लड भएकाहरुलाई तुलनात्मक रुपममा इन्टेन्सिभ केयरमा लामो समय राख्नुपरेको पनि डाटाले देखाएको छ ।  
प्रायः मानिसका चार किसिमका ब्लड ग्रुप हुन्छन्– ए, बी, एबी र ओ । अमेरिकाको सन्दर्भमा अधिकांशको ब्लड टाइप ओ या ए रहेको छ । र ब्लडग्रुपले मान्छेको दैनिकीमा एकदमै थोरै प्रभाव पारिरहेको हुन्छ । 

Global Ime bank

त्यसैले अहिले नै चिन्ता गर्नुपर्ने आवश्यकता चाहिँ नरहेकको युनिभर्सिटी अफ साउदर्न डेनमार्कका क्लिनिकल प्रोफेसर एवम् डेनिस रिसर्चका प्रमुख डाक्टर टोर्बेन बेरिङटन बताउँछन् । 

उनले भनेका छन्, “अझै हामीलाई ब्लड ग्रुप ओ हुनेहरुले केकसरी र कस्तो रुपमा सुरक्षा पाइरहेका हुन् या अन्य ब्लड ग्रुप चाहिँ किन संवेदनशील छन् भन्ने स्पष्ट थाहा भइसिकेको छैन । तर यो रिसर्चपछि यस विषयले पक्कै पनि वैज्ञानिक चासो उत्पन्न गराएको छ । र, यसको थप अध्ययन अनुसन्धान मार्फत कोभिडको उपचारमा पनि धेरै मद्दत पुग्न सक्ने हाम्रो विश्वास छ ।”

यसबारे दिइएको एउटा स्पष्टिकरणमा ब्लड टाइप ओ मा रगत जम्ने तत्व कम हुनाले यस्तो भएको हुन सक्ने बताइएको छ जसले उनीहरुमा रगत सम्बन्धी ‘कोआगुलेसन’ को जोखिम कम गराउँछ । र कोभिड–१९ मा शरीर भित्र रगत जम्नाले नै संक्रमित गम्भीर बिरामी पर्ने गरेका छन् । त्यस्तै अरु थेउरीहरुमा चाहिँ ब्लड ग्रुपको एन्टिजेनको प्रभाव पनि हुन सक्ने बताइएको छ जसले संक्रमण विरुद्ध लड्ने एन्टिबडिज या प्रतिरोधात्मक प्रणालीमा रिसेप्टरहरुको उत्पादनमा फरक पार्न सक्छ । 

यी रिसर्चमा संलग्न नरहेका जोन होप्किन्स युनिभर्सिटी सेन्टरका डाक्टर अमेशले यस सम्बन्धी भनेका छन्, “यी दुई खोजले कोभिड संक्रमणको जोखिम स्तरमा ब्लड ग्रुपको पनि केही न केही भूमिका हुन्छ भन्ने प्रमाण प्रस्तुत गरेका छन् । ”

यसअघि गत जुन महिनामा ‘न्यु इङ्ल्यान्ड जर्नल’ मा प्रकाशित छुट्टै रिसर्चमा पनि कोभिड–१९ का बिरामी र स्वस्थ व्यक्तिहरुको अध्ययन गर्दा नयाँ जेनेटिक डाटा फेला परेको थियो जसमा ब्लड ग्रुप ए भएकाहरु संक्रमित हुने केही बढी जोखिममा रहेको र ब्लड ग्रुप ओ हुनेहरुमा चाहिँ यसको खतरा कम रहेको पत्ता लागेको थियो । डाक्टर अमेशले भनेका छन्, “यसअघिका जेनेटिक अध्ययनमा पनि ब्लड टाइपको भूमिका फेला पर्नुले यो वास्तविक हुन सक्ने संकेत दिन्छ । ओ ब्लड टाइप सम्बन्धी पहिले देखि नै यही ट्रेन्ड देखा पर्दै आएको छ ।” 

उनका अनुसार अरु पनि विभिन्न संक्रमणहरुमा ब्लड टाइपले खेल्ने भूमिकाबारे मेकिडल लिटरेचरमा धेरैपटक अध्ययन भइसकेको छ । जस्तै कि नोरो भाइरस संक्रमणप्रति भने ब्लड ग्रुप ओ बढी जोखिममा हुन सक्ने देखिएको थियो । यही मेकानिजमले कोभिड–१९ मा कसरी काम गर्छ भन्ने बुझ्न अझ गहिराइमा अध्ययन गर्न आवश्यक रहेको उनले बताए । उनले भनेका छन्, “अहिलेसम्मका रिसर्च हेरेर यो महत्वपूर्ण खोज रहेको साबित भइसकेको छ तर यसका लागि अझै थप वैज्ञानिक तथ्यहरु आवश्यक रहेको देखिन्छ । ” सीएनएनबाट 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC