देश
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको दसैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।
एक सूचना जारी गर्दै उनको सचिवालयले भनेको छ, “पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट कोरोनाको असहजताको स्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशिलतालाई कायम राख्दै दसैं पर्व शान्त, शालीनता र सादगीका रुपमा मनाउने निधो गरिबक्सेको छ । साथै मौसुफबाट यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्ति पीठहरुमा दर्शन गरि बक्सने कार्यक्रम र विजया दशमीका दिनमा टीका बक्सने कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ ।”
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७ १४:१३
प्रतिक्रिया दिनुहोस्