site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 चीनविरुद्ध साझा रणनीति बनाउन अमेरिकी विदेशमन्त्री जापान पुगे 
Sarbottam CementSarbottam Cement

टोकियो । अमेरिकी विदेशमन्त्री माइक पोम्मपेओ चीनविरुद्धको रणनीति बनाउनका लागि जापान पुगेका छन् । उनले जापानमा अस्ट्रेलिया, भारत र जापानका विदेशमन्त्रीहरुसँग छलफल गर्ने भएका छन् । 

चीनको आक्रामक व्यवहारविरुद्ध चार मुलुकहरुको 'क्‍वाड बैठक' लक्षित हुने बीबीसीले जनाएको छ । संयुक्त राज्य अमेरिका र चीनबीचको सम्बन्धमा पछिल्ला महिनाहरुमा दशकौंपछिको पहिलो पटक गिरावट आएको देखिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वाशिङ्टनले चिनियाँ प्रभुत्वको सामना गर्न क्षेत्रीय मित्रहरूसँगको सहयोग बढाउनको लागि अग्रसर भएको छ । 

क्‍वाड समूहमा पोम्पेओसहित जापानका तोशिमित्सु मोतेगी, अष्ट्रेलियाका मराइज् पेने र भारतका सुब्रह्मण्यम जयशंकरले प्रतिनिधित्व गरेका छन् । उक्त बैठकमा कोरोना भाइरस महामारी र साइबर सुरक्षालगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

Global Ime bank

अमेरिका छोड्‍नुअघि पत्रकारसँग कुरा गर्दै विदेशमन्त्री पोम्पेओले भने, "हामी लामो समयदेखि एकै ठाउँमा आउनका लागि काम गरिरहेका थियौं । स्वतन्त्र, सशक्त र समृद्ध राष्ट्रहरु मिलेर स्वतन्त्र र खुला # इण्डोप्यासिफिकको लागि हाम्रो साझा दृष्टिलाई प्रबर्द्धन गर्न बढ्दो सहयोगको बारेमा छलफल गर्न अगाडि बढिरहेका छौं ।"

चीनले तेस्रो पक्षलाई लक्षित गर्ने 'विशेष समूह' विरुद्धको बैठक अगाडि चेतावनी दिएको छ ।

एएफपीले चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनलाई उद्धृत गर्दै भनेको छ, "हामी आशावादी छौं कि सम्बन्धित देशहरूले यस क्षेत्रका देशहरूको साझा हितबाट अघि बढ्न सक्दछन् र क्षेत्रीय शान्ति, स्थायित्व र विकासका लागि अनुकूल हुने अझ बढी कामहरू गर्न सक्दछन्, अन्यत्र होइन ।"

पहिलो क्वाड बैठक गत वर्ष न्यू योर्कमा भएको थियो - यद्यपि यो समूह औपचारिक गठबन्धन होइन । - बीबीसी 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  १५:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC