site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कोरोना असर : यसपालिको दसैंमा नयाँ नोट नपाइने !

काठमाडौं । नेपाल राष्ट्र बैंकले यो वर्षको दसैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ । कोभिड १९ को बढ्दो संक्रमणका कारण जोखिमसमेत बढेकाले दसैंमा नयाँ नोट वितरण नगर्ने योजना बनाएको राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिएको छ ।  

राष्ट्र बैंकमै डेपुटी गभर्नरसहित विभिन्‍न विभागका कर्मचारीलाई कोरोना संक्रमण भएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाले पनि कोरोना जोखिमलाई मध्यनजर गर्दै सीमित कर्मचारीबाट मात्रै सेवा दिइरहेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तो अवस्थामा नयाँ नोट वितरण गर्दा भिड हुने र त्यसले कोरोना संक्रमणको जोखिम बढाउने भएकाले नयाँ नोट वितरण नगर्ने निर्णयमा पुगेको ती अधिकारीले बाह्रखरीलाई बताए ।  

“हामी अहिले पनि छलफलकै क्रममा छौं तर पनि यो वर्ष नयाँ नोट वितरण नगर्ने योजनामा छौं,” ती अधिकारीले भने, “कोभिडको उच्च जोखिमले गर्दा भिड गर्ने अवस्था छैन । त्यसैंले नयाँ नोट वितरण हुने सूचना आगामी साताभित्रै सार्वजनिक गरेर जानकारी गराउनेछौं ।” राष्ट्र बैंकसँग नयाँ नोट भने पर्याप्त रहेको पनि ती अधिकारीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  १८:३२
प्रतिक्रिया दिनुहोस्