site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पोखरा विमानस्थलको निर्माण ६३ प्रतिशत पूरा
Ghorahi CementGhorahi Cement

पोखरा । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कार्यप्रगति ६३ प्रतिशत सम्पन्‍न भएको छ ।

सन् २०२१ जुलाईमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु भए पनि कोभिडका कारण केही समस्या हुने देखिएको छ । यद्यपि अहिलेसम्म विमानस्थल निर्माणको काम ६३ प्रतिशत सकिएको छ । विमानस्थलको रन वे, एप्रोन, ट्याक्सी वे, पाइपलाइन, ट्रान्सफर्मरहरु, केबुल र लाइटिङलगायत काम सम्पन्‍न भएका छन् । माटो कटान र फिलिङ गर्ने काम ९८ प्रतिशत सकिएको छ । गाडी गुड्ने रोड, एक्सेसस रोड र ट्रमिनल बिल्डिङको कामपनिअन्तिम चरणमा पुगेको छ । कार पार्किङको काम पनि सकिएको छ । बिल्डिङको हकमा १४ वटाको स्ट्रक्चर सकेर फिनिसिङको काम सकिइसकेको विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीले बताउँछन् ।

Agni Group

निर्धारित समयभन्दा ६ महिनाअघि नै काम सक्ने लक्ष्य भए पनि कोरोना महामारी र लकडाउनका लागि चिनियाँ कामदार उतै रोकिएकाले धेरै समय काम हुन सकेन । लकडाउनले दुई सय चिनियाँ कामदार रोकिएकाले केही निर्माण कार्य अलि पर धकेलिएको उनले बताए । 

विमानस्थलमा अहिले २४४ चिनियाँ र ११८ नेपाली कामदार छन् । विमानस्थल निर्माण सामाग्रीको भने अभाव नरहेको उनले बताए । लकडाउनअघि नै आवश्यक सामग्री चीनबाट ल्याइएको र केही सामान भारतीय कलकत्ता बन्दरगाहबाट आउने क्रममा रहेकाले निर्माण सामग्रीको अभाव नहुने उनको भनाइ छ । -फाइल तस्बिर

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC