site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अर्थतन्त्र शिथिल हुँदा पनि सेयर कारोबार बढ्नुको प्रमुख कारण लगानीकर्ताको मनोबल
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो केही सातायता सेयर बजार लगातार बढिरहेको छ । बजार परिसूचक नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बजार बढिरहे पनि नेप्सेको अनलाईन कारोबार व्यवस्थापन प्रणालीमा आएको समस्याले गर्दा लगानीकर्ताले हैरानी भने व्यहोरिरहेका छन् । टीएमएसकै समस्याले गर्दा गत बहिबार भएको सेयर कारोबारको राफसाफ अझै हुन सकेको छैन ।

नियामक नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेप्से टीएमएसमा समस्या आउनुमा एक-अर्कालाई दोषारोपण गरिरहेका छन् । टीएमएसमा देखिएको समस्या समाधानका लागि अर्थ मन्त्रालयले दुवै संस्थालाई राखेर तत्काल समस्या समाधान गर्न निर्देशन दियो । यस्तै मंगलबार अर्थ मन्त्रालयको टोली नेप्से कार्यालयमै पुगेर समस्या समाधान गर्न निर्देशन दियो ।

कोभिड १९ ले अर्थतन्त्र शिथिल छ । तर अर्थतन्त्रको ऐनाको रुपमा रहेको सेयर बजार भने लगातार बढिरहेको छ । अहिलेको बेलामा बजार बढ्ने कारण के हुन सक्छ त ? यस्तो परिस्थितिमा पनि बजार बढ्नुलाई सेयर बजारका विश्लेषकले भने नेपालको बजार ‘इकोनोमिक फन्डामेन्टल’ भन्दा पनि अन्य कारणले चलेको बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढङ्गाना भने सेयर बजार बढ्नुमा बाह्य कारण नरहेको दाबी गर्छन् । अर्थतन्त्र ठप्प हुँदा व्यापार व्यवसायलगायत अन्य लगानीको क्षेत्र नभएको र एकमात्रै लगानीको विकल्प पुँजीबजार हुँदा बजारमा उत्साह देखिएको उनको दाबी छ । कतिपयले अर्थतन्त्र शिथिल हुँदा कर्जाको माग नभएको र बैंकहरूमा अधिक तरलता हुँदा कर्जाको ब्याजदर घटेको तथा सेयर बजारमा लगानीको लागि पुँजी उपलब्ध भएकाले पनि प्रतिकूल अवस्थामा पनि सेयर बजार बढेको बताउँछन् । 

यस्तो परिस्थितिमा पनि सेयर बजारमा उत्साह देखिनुको कारणबारे सेयर बजारका विज्ञ डा. गोपाल भट्ट र बोर्ड अध्यक्ष ढुङ्गानाको बुझाइ जस्ताको त्यस्तै । 

Global Ime bank

डा. गोपाल भट्ट
नेपालको पुँजीबजार बजार इकोनोमिक फन्डामेन्टलभन्दा अन्य कारणले बढी चल्ने गरेको छ । नेपालको पुँजीबजारलाई आर्थिक भन्दा राजनीतिक फ्याक्टरले बढी प्रभाव पार्ने गरेको छ । हाम्रोमा सेयर बजारमा समस्या भयो भनेर लगानीकर्ता सीधै प्रधानमन्त्रीकहाँ पुग्छन् । लगानीकर्ताहरूले संगठन बनाएका छन् । लगानीकर्ताको लगानी भनेको व्यक्तिगत हो । विश्वमा कही पनि लगानकिर्ताको संगठन हुँदैन, जुन नेपालमा छ । 

हामी निक्षेकर्ताहरूको अथवा लगानीर्ताहरूको फलानो अध्यक्ष, फलानो उपाध्यक्ष र फलानो सदस्य भनेर संगठन बनाउँछौं । बजारमा अगाडि जाँदा कुनै बैंकले हामीलाई हेर्ने दृष्टिकोण, हाम्रो व्यक्तिगत गोपनीयताजस्ता कुरामा विश्वासनीयताको कुरा आउँछ । खुला बजार अर्थतन्तमा यसरी चल्छ ? 

लगानीकर्ताहरूको फोरम छ र उनीहरू माग पूरा भएन भने प्रधानमन्त्रीकोमा पुग्छन् । यसले नेपालको पुँजीबजार आर्थिकभन्दा पनि राजनीतिक कारणबाट बढी प्रभावित हुन्छ भन्ने देखिन्छ । 
कसैले पनि तुरुन्तैको प्रतिफलका लागि लगानी गर्दैन । लगानी भविष्यलाई हेरेर गरिन्छ । अहिले बजारमा शिथिलता भए पनि भोलिका दिनमा नेपालको पुँजीबजारको भविषय राम्रो छ । अहिले कम्पनीहरूले रिर्टन दिन नसके पनि भोलिको दिनमा दिनसक्छन भनेर अहिले कारोबार भएका बेलामा र कम मूल्य भएको बेलामा किनौं भोलिको दिनमा राम्रो हुन्छ भनेर अहिले लगानीकर्ता आशावादी बनेको हुन सक्छन् । 

सधैं अहिलेकै अवस्था रहँदैन । लगानीकर्ताले अर्थमन्त्रीलाई बाधक बताउँदै आएका थिए । उनले पनि राजीनामा दिइसकेको अवस्था छ । सेयर बजारलाई अनुत्पादक भन्ने अर्थमन्त्री गए । अब आउने अर्थमन्त्रीले पक्कै पनि उनको जस्तो नीतिगत गल्ती दोहोर्याउँदैन होला । अब जो आए पनि पुँजीबजारलाई पोजेटिभ रुपमा हेर्ने अर्थमन्त्री नै आउँछन । त्यस्तो बेलामा पुँजीबजार अझै उचालिन सक्छ । भोलिका दिनमा अझै मूल्य बढ्न सक्छ भनेर अहिले लगानीकर्ता आशावादी भएको र मनोबल बढाएको जस्तो लाग्छ । 

त्यतिमात्रै नभएर लगानीकर्ताको मनोविज्ञानले पनि काम गरेको हुनसक्छ । अब बजारमा स्मार्ट इन्भेस्टरको प्रवेश भइसककेको छ । स्मार्ट इन्भेस्टरले योजना बनाएर लगानी गर्छ । आन्दोलन गर्ने संगठन बनाउने भनेको पहिलेको जस्तो इन्भेस्टर होइन अब यो क्षेत्रका लागि स्मार्ट हुन् । 

पढेलेखेका, पैसावालादेखि लिएर अनशन बस्छु भन्नेसम्मका लगानीकर्ता पुँजीबजरमा आएका छन् । प्रधानमन्त्री र अर्थमन्त्रीलाई तर्साउँछु भन्ने लगानीकर्ता त स्मार्ट लगानीकर्ता हुन् नि । लगानीकर्ताको यस्तो समूहले बजारमा सोझा लगानीकर्ताको मनोविज्ञानलाई प्रभाव पारेको छ । यस्ता लगानीकर्ता केही कारोबार बढाएर सुचक बढाउँदै लैजाने गर्छन् । जसले साधारण इन्भेस्टरको मनोबल बढ्छ, उनीहरूले पनि अब बजार बढ्यो भनेर लगानी बढाउँछन् । यस्तै बेला स्मार्ट इन्भेस्टरले भने सर्ट ट्रम नाफा बुक गर्दै अगाडि बढ्छन् ।

नेप्से १८०० पुग्दा किनेकाहरूलाई धेरै घाटा भएको छ । बजार अलिअलि भए पनि बढ्दै जाँदा थोरै नाफा गरेर बजार बढाउँदै लैजाँदा त्यो उठाउन सकियोस् भन्‍ने उनीहरूको उद्देश्य हुन्छ । यो भनेको सामान्य लगानीकर्तालाई स्मार्ट लगानीकर्ताले मूर्ख बनाउने पनि हो । बजारमा त्यस प्रकारका तत्त्व हुन्छन् नै । बजारमा दुवै प्रकारका स्मार्ट र ‘इनइफिसिएन्स’ लगानीकर्ताहरू हुन्छन् । 

जति नै इफिसियन्स भए पनि केही न केही मानिसहरूको मनोविज्ञान इनइफिसियन्सले भरिएकै हुन्छ । त्यस्ता लगानीकर्ताले साधारण लगानीकर्ताको मनोविज्ञानलाई परिवर्तन गरेर आफ्नो पक्षमा ल्याउनु मार्केट मेकानिजमको अर्को खुबी हो । त्यस्ता स्मार्ट, पढेलेखेका, जान्‍ने बुझ्‍ने (ब्रोकर, नेप्से, धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र प्रधानमन्त्री) लाई समेत तह लगाउने लगानीकर्ता बजारमा आइसकेका छन् । त्यस्ता लगानीकर्ताले बजारमा दबदबा सिर्जना गरेको पनि हुनसक्छ । मेलै हेर्दा बजारमा त्यस्तै पनि देखिन्छ । उनीहरूको भर्सन सुन्दा पनि त्यस्तै लाग्छ ।

सेयर बजार भनेको जोखिम लिनेहरूको हो । सेयर बजार लगानीकर्ताको जोखिम बहन गर्ने क्षमता र मनोबल उच्च हुन्छ भन्ने बुझिन्छ । उनीहरू यस्तो बेलामा पनि उच्च जोखिम लिन तयार छन् र उनीहरूको मनोबल पनि उच्च छ । अहिले जस्तो परिस्थिति भए पनि उनीहरू भविष्यप्रति पूर्ण रुपमा आशावादी भएका देखिन्छन् । त्यसका लागि आर्थिकभन्दा गैरआर्थिक आधारहरू लगानीकर्ताले पाएको जस्तो लाग्छ । अहिलेको सेयर बजारलाई हेर्दा अवस्था त्यही देखिन्छ । 

भीष्मराज ढुङ्गाना 
अहिले बजारमा देखिएको उत्साहलाई सेयर बजारमा भएको सुधारको प्रतिफलका रुपमा लिनुपर्छ । सिस्टममा केही समस्या भए पनि बजार राम्रोसँग ‘फङ्सन’ भएको छ । कुनै अवरोध भएको अवस्था छैन । लगानीकर्ताहरूको मनोबल बलियो बनेको अवस्था छ । जसले गर्दा सेयर बजार बढेको हो । 

अहिले बजारमा भएको कारोबार संख्या हेर्दा लकडाउन अगाडिको हाराहारीमै छ । तर पहिले अनलाइनबाट कारोबार गर्नेको संख्या सीमित थियो भने अहिले त्यस्तो ह्रवात्तै बढेको छ । अल्पकालीन लगानीकर्ताको प्रवेशले बजार बढेको भने होइन ।

अहिले सबै आर्थिक गतिविधि बन्द भएको अवस्थामा लगानीकर्ता तथा व्यापार व्यवसाय गर्नेले अवसर खोजेको अवस्था छ । यो अवसर अहिले पुँजीबजारमा छ । जसले कारोबार रकम र बजार परिसूचक बढेको हो । बजार सामान्य अथवा प्रतिकूल जुनसुकै अवस्थामा पनि करेक्सन हुन्छ । तर वियरिस ट्रेन्डमा पहिलेकै अवस्थामा फकर्ने कारण तथा अवस्था भने अहिले रहेको छैन ।

यता, अर्थमन्त्रीबाट राजीनामा दिएका युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्ति भए । खतिवडाले राजिनामा दिए पनि आफै्ले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीले उनै खतिवडालाई विशेष आर्थिक सल्लााहकार नियुक्त गर्नुलाई स्वभाविक रुपमा लिन नसकिने जानकार बताउँछन् ।

अर्थ मन्त्रायको जिम्मा आफूले लिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई सँगै राखेर निजी क्षेत्रसँग छलफल गरेको थिए । छलफलमा सहभागी भएका निजी क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्रीले खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिए पनि नेपालको अर्थतन्त्रसँग जोडिने बताएका थिए । प्रधानमन्त्रीले विषेश आर्थिक सल्लाहकार नियुक्त गर्नु र अर्थ मन्त्रालयको जिम्मेवारी आफूसँगै राख्नुलाई कतै अप्रत्यक्ष रुपमा अर्थमन्त्रालयको कामकाज खतिवडाले नै बालुवाटारबाट सञ्चालन गर्ने तयारी त होइन भन्ने प्रश्‍न उब्जिएको छ ।

खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएसँगै सेयर बजारका लगानीकर्ताले नरुचाएको भन्ने आरोप खेप्दै आएको खतिवडा पुनः अर्थतन्त्रको केन्द्रमा रहने अवस्था बनाइएको छ । यसले कतै सेयर बजारका लगानीकर्ताको मनोबल पुनः निराशामा बदलिने त हैन भन्‍ने आशंका भने उत्पन्न भएको एक लगानीकर्ताले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC