site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हिमाल आरोहण गर्न बहराइनका राजकुमार काठमाडौंमा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । हिमाल आरोहणका लागि बहराइनका राजकुमारसहित १८ जनाको टोली काठमाडौं आइपुगेको छ । उनीहरु लोबुचे र मनास्लु हिमाल आरोहणका लागि आज काठमाडौं आइपुगेका हुन् । राजकुमारसहितको टोलीलाई बहराइनस्थित नेपाली राजदूतले बिदाइ गरेका थिए । 

उक्त टोलीमा राजकुमारसहित डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेको टोली शेख ईशा एयरबेसको विशेष विमानबाट नेपाल आएको हो । टोलीलाई परराष्ट्र मन्त्रालयका अधिकारीले विमानस्थलमा स्वागत गरेका छन् । उक्त टोलीले सगरथामा आरोहणका लागि लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीको रूपमा लिएको छ । सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी यो टोलीको रहेको दूतावासले जनाएको छ ।

पर्वतारोहणमा सहभागी हुने सदस्यहरू तथा विमानको चालक दलका सदस्यहरू सबै जना पछिल्लो १५ दिनदेखि स्वः क्वारेन्टिनमा रहेका थिए ।  कोभिड १९ संक्रमण भए–नभएको परीक्षण पश्चात सबैजनाको कोरोना संक्रमण नेगेटिभ रहेको छ । सो टोलीले नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सम्बन्धी सम्पूर्ण प्रोटोकल पालना गर्नेछ । 

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १२:२५
प्रतिक्रिया दिनुहोस्