site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित
Ghorahi CementGhorahi Cement

टोकियो । जापानका पूर्व मुख्य सचिव योशिहिदे सुगा नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । बुधबार संसदमा भएको मतदानमा ३१४ मतसहित सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।  लिब्रल डेमोक्रेटिक पार्टी (एलडीपी) को बहुमत रहेको संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिका ४६५ सदस्यमध्यबाट ३१४ मत प्राप्त गरेको जापानी समाचार एजेन्सी कोयदो न्युजले जनाएको छ ।  

स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएका सिन्जो आबेको उत्तराधिकारीका लागि जापानको सत्तारुढ दल एलडीपी सोमबार नयाँ नेताको रुपमा योशिहिदेलाई सुगालाई निर्वाचित गरेको थियो । पार्टी नेतामा उनले ५३४ मध्येबाट ३७७ मत प्राप्त गरेका थिए । 

प्रधानमन्त्रीमा निर्वाचित भएसँगै सुगाले कोरोना महामारीका कारण तहस नहस भएको अर्थतन्त्र उकास्‍न आफ्नो जोड रहने बताएका छन् । 

Agni Group

आबेका नजिकका मित्रसमेत रहेका ७१ वर्षीय योशिहिदे यसअघि आबे सरकारका मुख्य सचिव थिए । उनले आबेले लिएका नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

सुगाको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिने छ ।

Global Ime bank

सुगाले "आबेनोमिक्स" आबेले हस्ताक्षर गरेको आर्थिक नीतिलाई जारी राख्‍ने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त आर्थिक नीतिमा मौद्रिक सहजता, वित्तीय खर्च र संरचनात्मक सुधारहरूको माध्यमबाट विश्वको तेस्रो ठूलो अर्थतन्त्रलाई उत्प्रेरित गर्न डिजाइन गरिएको छ ।

तर सुगाले आबेजस्तै पहिला कदम भनेको कोरोना भाइरस महामारीविरुद्धको अभियानलाई अघि बढाउनु पर्नेछ । उनको आगामी सन् २०२१ मा हुने निर्वाचनअघि नै जापानको लागि कोभिड-१९ परीक्षण र खोपको विकास गरिसक्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । 

उनले न्यूनतम ज्याला बढाउने, कृषि सुधार र पर्यटन प्रवर्द्धन गर्ने पनि बताएका छन् । 

विदेश नीतिमा पनि उनले आबेको लिएको नीति पछ्याउने अपेक्षा गरिएको छ र जापानले अमेरिकासँग लामो समयदेखिको गठबन्धनलाई प्राथमिकता दिदै चीनसँग स्थिर सम्बन्ध कायम राख्‍ने अपेक्षा गरिएको छ । 

को हुन् सुगा ? 

तत्कालीन प्रधानमन्त्री सिन्जो आबे सरकारका मुख्य सचिव र प्रवक्ता समेत हुन् । आबेको राजीनामालगत्तै उनलाई पार्टीकै कतिपय वरिष्ठ नेताहरुले प्रधानमन्त्री बन्‍न उपयुक्त पात्रको रुपमा अगाडि सारेका थिए । सन् २०१२ मा आबे पुनः सरकारको नेतृत्वमा फर्किएपछि उनले सुगालाई मन्त्रीपरिषद्को मुख्य सचिव नियुक्त गरेका थिए । जापानमा मन्त्रीपरिषद्को मुख्य सचिवलाई एक शक्तिशाली पद मानिन्छ ।

मुख्य सचिवले सरकारी मन्त्रालयहरू र सत्तापक्षको प्रयासलाई समन्वय गराउने गर्छ । उनी प्रायः सरकारको अनुहार पनि थिए । नियमित पत्रकार भेटमा सरकारको तर्कपूर्ण प्रतिरक्षा गर्न तथा नयाँ सम्राट नारुहितोको आरोहणको चाँजोपाँजो मिलाउने रेवा युगको घोषणा गर्ने कामको नेतृत्व आबेले सुगालाई नै दिएका थिए ।

वंश राजनीतिको पृष्ठभूमिबाट आएका नेता र पूर्व टेक्नोक्रेटहरूले भरिएको सत्ताधारी पार्टीमा उनी किसान परिवारबाट आफ्नै बाहुबलले सांसद हुन सफल लोकप्रिय नेता मानिन्छन् । सुगाले आफ्नो माध्यमिक विद्यालयस्तरको पढाइपछि टोकियो छिरेका थिए । 

जहाँ उनले रात्रिकालीन विश्वविद्यालयस्तरको पढाइका लागि सस्तो श्रमको सहायता लिँदै अध्ययन पूरा गर्नुपरेको थियो । उनी सन् १९८७ मा योकोहामाबाट नगरसभाको सदस्य निर्वाचित भएका थिए भने सन् १९९६ मा जापानी संसदको तल्लो सभामा निर्वाचित भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  ११:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC