site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बीएमसीले भन्यो, कंगनाको घरका केही भागको निर्माण अवैध

एजेन्सी । बीएमसीले कंगना रनौटको बान्द्रामा रहेको कार्यालय अवैध तरिकामा निर्माण गरेको भन्दै भत्काइसकेको छ । बीएमसीको यो कार्य एक अन्याय भएको भन्दै कंगनाले सामाजिक सञ्जालमा यसबारे आवज उठाइरहेकी छिन् ।

यद्यपि उनको कार्यालय भत्काएपछि बृहन्मुम्बई नगरपालिका (बीएमसी) ले उनलाई अर्को सूचना पठाउँदै मुम्बईको खरस्थित कंगनाको घरको अवैध भाग हटाउन निर्देशन दिएको छ । मुम्बईस्थित खरको पाँचौं तल्लामा कंगनाको घर छ । खरमा कंगनाको तीनवटा फ्ल्याट छन् । पहिलो फ्ल्याट ७९७ वर्ग फुट, दोस्रो फ्ल्याट ७११ वर्ग फुट र तेस्रो फ्ल्याट ४५९ वर्ग फुटको छ । यीतीनै वटा फ्ल्याट कंगनाका नाममा छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यी फ्ल्याटका प्राय अंश योजनामा उल्लेख नगरिएको र पछि अवैध रुपमा परिवर्तन र निर्माण गरेको भन्दै बीएमसीले सूचनामा पठाएको हो । उनको घरमा निर्माण गरिएको भर्‍याङ जोखिमयुक्त भएको र झ्यालमाथि घाम र पानी छेक्न राखिएको छतलाई बरन्डाको रुपमा प्रयोग गरिएको, उत्तरपश्चिमी भागमा भान्सा र भर्‍याङ बीचको बाटोलाई ढोका राखेर बन्द गरिदिएको, लिफ्ट लबीको खाली बाटोलाई पनि अनधिकृत रुपमा ढाकेर ढोका राखेको भन्दै यी अवैध निर्माण भएका अंशलाई हटाउन वा पुनः पहिलेजस्तै गरि निर्माण गर्नुपर्ने भन्दै बीएमसीले सूचना जारी गरेको हो । 

कंगनाको अनधिकृत रुपमा निर्माण भएका अंशहरुको बारेमा २५ सेप्टेम्बरमा सुनुवाइ हुने बताइएको छ । शिवसेना नेता सञ्जय राउतको धम्कीलाई चुनौती दिँदै ९ सेप्टेम्बरमा मुम्बई आएकी कंगना १४ सेप्टेम्बरमा घर हिमाञ्चल प्रदेश फर्किसकेकी छिन् ।

महाराष्ट्र छाड्ने क्रममा उनले भारी मन बनाएर मुम्बई छोड्न लागेको भन्दै ट्विट गरेकी थिइन् । मुम्बईमा उनलाई जसरी व्यवहार गरियो, जसरी उनलाई तोड्नलाई उनको कार्यालय भत्काएर घर पनि भत्काउन खोजेकामा उनले मुम्बई र पाकिस्तानबीच गरेका तुलनाले ठूलो प्रभाव पारेको बताएकी थिइन् । -बलिउड हंगामा

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  १४:२६
प्रतिक्रिया दिनुहोस्