site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतसँगको तनावका बीच चीनद्वारा तिब्बतबारे अहम् घोषणा
Sarbottam CementSarbottam Cement

एजेन्सी । भारतसँग सीमा क्षेत्रमा जारी तनावका बीच चीनका राष्ट्रपति सि जिनपिङले ‘नयाँ आधुनिक समाजवादी तिब्बत’ निर्माणको प्रयास गर्न आह्‍वान गरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनको सेन्ट्रल मिलिटरी कमिसनका अध्यक्षसमेत रहेका जिनपिङले बेइजिङमा तिब्बतका विषयमा भएको एक उच्च स्तरीय बैठकमा यो आह्वान गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तिब्बतमा स्थिरता कायम राख्‍न र राष्ट्रिय एकताको रक्षाका लागि अझै प्रयासहरु गर्न आवश्यक रहेको उनको भनाइ थियो । चीनले १९५० मा तिब्बतमाथि नियन्त्रण स्थापित गरेको थियो ।

जिनपिङको आह्वानअघि चीनका विदेशमन्त्री वाङ यीले तिब्बतको भ्रमण गर्दै भारतसँग सीमा जोडिएका स्थानमा भइरहेको निर्माण कायहरुको अवलोकन गरेका थिए ।

Global Ime bank

सरकारी समाचार एजेन्सी सिन्ह्‍वाका अनुसार राष्ट्रपति जिनपिङले बैठकमा भने, “तिब्बतका विद्यालयहरुमा राजनीतिक र वैचारिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता देखिएको छ । जसबाट तिब्बतका हरेक युवामा चीनप्रतिको माया बढाउन सकियोस् ।”

तिब्बतमा कम्युनिस्ट पार्टीको भूमिका अझै मजबुत बनाउन जातीय समूहहरुलाई राम्रोसँग एकीकृत गर्न आवश्यक रहेको उनको भनाइ थियो । “हामीले एकजुट, समृद्ध, सभ्य, सामञ्‍जस्यपूर्ण र सुन्दर, आधुनिक, समाजवादी तिब्बत बनाने संकल्प लिनुपर्छ,” राष्ट्रपति जिनपिङले भने, “तिब्बती बौद्ध धर्मलाई पनि समाजवाद र चिनियाँ परिस्थितिअनुकूल बनाउन जरुरी थियो ।”

तर, आलोचकहरुले भनेका छन् कि ‘यदि जिनपिङले बैठकमा दाबी गरे जसरी चीनबाट तिब्बतमा साँच्चै फाइदा पुगेको भए न त चीनलाई विखण्डनवाद (अलगाववाद) को डर हुने थिएन, न चीन तिब्बतका मानिसहरुमा शिक्षाका माध्यमबाट ‘नयाँ राजनीतिक चेतना’ भर्ने कुरा गर्थ्यो ।’

निर्वासित आध्यात्मिक नेता दलाई लामाको पक्षमा वकालत गर्ने आलोचकहरुको भनाइ छ- ‘चीनले तिब्बतका नागरिक र उनीहरुको संस्कृतिमाथि नराम्रो गरेको छ ।’ -बीबीसी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC