site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Dabur Nepal

सरकारको बेथितिविरुद्ध नागरिकहरूले आन्दोलन गर्छन् । सरकार पहिले दमन गर्छ । नागरिकहरूको जुलुस तितरबितर बनाउन प्रहरीले बल प्रयोग गर्छ । देशको संविधानअनुसार नै शान्तिपूर्वक विरोध प्रकट गर्ने अधिकार नागरिकलाई हुन्छ भन्ने हेक्का सरकारले कहिल्यै गरेको देखिँदैन । सडकको आवाज सरकारले नसुनेपछि आन्दोलनले सत्याग्रहको रूप लिन्छ । अनशनकारीको स्वास्थ्य नबिग्रँदासम्म सरकारले वास्तै गर्दैन । स्वास्थ्य धेरै बिग्रेपछि प्रधानमन्त्री अनशनकारीलाई भेट्न अस्पतालमै पुग्छन् । अनशनकारीका मागमा सरकार सहमत हुन्छ । दुर्भाग्य, सत्याग्रहीसँग राज्यका तर्फबाट गरिएको सहमति कार्यान्वयनमा सरकारी अधिकारीले जालझेल सुरु गर्छन् । र, सत्याग्रह, सडक प्रदर्शन र दमनको शृंखला फेरि सुरु हुन्छ । ‘इनफ इन इनफ’ अभियानमा सन्दर्भमा पनि यही नियति दोहोरिएको छ । 

‘इनफ इज इनफ’ अभियानलाई धोका दिँदा पनि तिनले रत्तीभर लाज मानेको देखिएन । यथार्थमा सरकारले पहिले नै गर्नुपर्ने र नगरेका अवस्थामा अरूले सम्झाउँदा कृतज्ञ हुनुपर्ने मागहरू छन् यस अभियानका । संक्रमणको सन्देहमा गरिएको परीक्षण रिपोर्ट छिटो सार्वजनिक गर्नुपर्ने, क्वारेन्टिनको राम्रो व्यवस्था हुनुपर्ने, संक्रमण नभएको ठहर गरेरमात्र घर पठाउनुपर्ने, विश्व स्वास्थ्य संगठनले नै अस्वीकृत गरेको आरडीटी परीक्षण बन्द गरी सबैको पीसीआर गर्नुपर्नेजस्ता माग राख्नै नपर्नु पर्ने हो । सरकारी अधिकारीले महामारीका बेला पनि चिकित्सा सामग्री खरिदमा भ्रष्टाचार नगरेको भए पारदर्शिताको माग त उठाउनुपर्ने नै थिएन । यसैले अहिलेको आन्दोलन सरकार स्वयंले निम्त्याएको देखिन्छ । त्यसैले आन्दोलनको परिणामका लागि पनि शासकहरू नै जिम्मेवार हुनुपर्छ ।

सरकार सञ्चालन गर्नेहरूले अहिलेको शासन व्यवस्था लोकतान्त्रिक हो र समय एक्काइसौं शताब्दी हो भन्नेमात्रै मानेको भए यस्तो अवस्था उत्पन्न हुने थिएन । सरकारले सत्याग्रहीसँग गरेको सम्झौता कार्यान्वयनको माग गरेर अभियन्ताहरू अनशनमा बसेका छन् । सत्याग्रहीको जीवन जोखिममा परेपछि सडकमा जुलुस निकालिएको हो । तर, सरकारी अधिकारीले यस्तो अवस्थामा प्रदर्शन दबाउन प्रहरीलाई बल प्रयोग गराएर सुरक्षाकर्मी र समुदायमा कोभिड–१९ को संक्रमण फैलने जोखिम झन् बढाए । निषेधित क्षेत्र उल्लंघन गरेकाले प्रदर्शन रोक्न बल प्रयोग गर्नुपरेको बताउनेहरूले बुधवार सूचनाको हक माग्न जानेहरूलाई लछारपछार गर्नुको पनि कारण देखाउलान् तर सरकार चलाउनेहरूको अधिनायकवादी सोच र व्यवहार नै यसको जड हो । कोभिड–१९ क्षेत्र बन्न पुगेको प्रदेश २ मा सबै कुनै सावधानी नअपनाई दल विशेषले राजनीतिक भेला गर्दा मौन रहने सरकारले काठमाडौंमा सामाजिक दूरी कायम राखेर गरेको प्रदर्शन दमन गर्नुको कारण के हो ? के सरकार महामरी भयावहरूपमै फैलियोस् भन्ने चाहन्छ ? उत्तर सरकारका क्रियाकलापले दिइरहेका छन् ।    
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro