site stats
बाह्रखरी :: Baahrakhari
खेल
सागमा स्वर्ण जित्‍ने खेलाडीलाई कांग्रेसको सम्मान

काठमाडौं । नेपाली कांग्रेसले १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी खेलाडीलाई शुक्रबार सम्मान गरेको छ ।

कांग्रेसको केन्द्रीय खेलकुद विभागले सागका स्वर्णधारी खेलाडीलाई नगदसहित सम्मान गरेको हो । विभागले पार्टी मुख्यालय सानेपामा सभापति शेरबहादुर देउवाको उपस्थितिमा खेलाडीलाई सम्मान गरेको हो ।

विभागले एक स्वर्ण जित्नेलाई १० हजार, दुई स्वर्ण जित्नेलाई १५ तथा सोभन्दा बढी स्वर्ण जित्नेलाई २५ हजार रुपैयाँसहित सम्मान गर्न लागेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

घरेलु भूमिमा २०७६ मंसिर १५ देखि २४ गतेसम्म आयोजना भएको सागमा नेपालले ५१ स्वर्ण पदक जितेको थियो ।

तस्बिर : हरिशजंग क्षेत्री

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १५:५३
प्रतिक्रिया दिनुहोस्