site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्या प्रकरण : एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाविरुद्धको कसुरमा मुद्दा खेपिरहेका आठजना प्रहरीले सफाइ पाएका छन् ।

कञ्चनपुर जिल्ला अदालतले उनीहरुलाई सफाइ दिएको हो । तत्कालीन कञ्चनपुर प्रहरीका एसपी दिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदविरुद्ध पक्राउ परेकालाई यातना र प्रमाण नष्ट गरेको भन्दै मुद्दा लागेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

सोही मुद्दामा उनीहरु सबैले सफाइ पाएको जिल्ला अदालत कञ्‍चनपुरका श्रेष्तेदार यदुराज शर्माले जानकारी दिएका छन् । 

उनीहरुविरुद्ध निर्मलाकै आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको आरोपमा उजुरी गरेकी थिइन् भने प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्टकातर्फबाट दाजु खड्गसिंह विष्टले यातनाविरुद्धको कसुरमा प्रहरीमा उजुरी दिएका थिए ।

Global Ime bank

०७५ चैत २२ गते दिलिप सिंह विष्टका दाई खडगसिंह विष्टले आफ्नो भाईलाई प्रहरी हिरासतमा यातना दिएको र निर्मला पन्तकी आमा दुर्गादेवी सोही दिन सार्वजनिक न्याविरुद्धको कसुर दर्ता गराएकी थिइन् । 

दुवै उजुरीमा ८ प्रहरीलाई प्रतिवादी बनाइएको थियो । निर्मला पन्तको ०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । 

सो अभियोगमा प्रहरीले दिलिपसिंह विष्टलाई पक्राउ गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC