site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विवरण नखुलेको व्यक्तिगत कर्जा ५० लाखभन्दा धेरै नपाइने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ५० लाख रुपैयाँसम्मको व्यक्तिगत कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशकामार्फत् सबै प्रकारका व्यक्तिगत कर्जाको सीमा तोकेको हो ।

व्यवस्थाअनुसार ओभरड्राफ्टसहित जुनसुकै शीर्षकका व्यक्तिगत कर्जा प्रतिग्राहक ५० लाखसम्म मात्र पाइन्छ । जसमा निश्चित प्रयोजन नखुलेका ओभरड्राफ्ट, धितो कर्जा, सम्पत्ति कर्जा, टर्म लोन तथा सेयर धितो कर्जालगायत हुन् । यसअघि ओभरड्राफ्टमा मात्र क्याप तोकिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, बैंक तथा वित्तीय संस्थाले आफ्नै मुद्दती निक्षेप रसिद, सुन चाँदी एवं नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको ऋणपत्रको धितोमा कर्जा प्रदान गर्न र शतप्रतिशत नगद मार्जिनमा जमानत जारी गर्न यस व्यवस्थाले बाधा पुर्‍याउने छैन ।

एकीकृत निर्देशिकाअनुसार सेयर धितो ऋणको सीमा ६५ प्रतिशतबाट ७० प्रतिशत पुगेको छ भने १ सय ८० दिनको अन्तिम मूल्यका आधारमा दिइने ऋण १२० दिनको अन्तिम मूल्यमा दिइनेछ ।

व्यवस्थाअनुसार यदि कसैले ५० लाखभन्दा बढी कर्जा लिएको भए २०७९ असार मसान्तभित्र ५० लाखभित्र ल्याइसक्नुपर्नेछ ।
 

प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  १७:५७
प्रतिक्रिया दिनुहोस्