site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
योगी सरकारको ‘ठोको नीति’ बाट न्याय मिल्छ कि अपराध बढ्छ ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । कानपुरको बिकरु गाउँमा आठ सुरक्षाकर्मीको हत्यापछि मुख्य अभियुक्त विकास दुबे र उनका पाँच सहयोगीहरूको कथित मुठभेडमा भएको मृत्युले ‘इन्काउन्टर’को तरिका र औचित्यमाथि प्रश्न उठाएको छ । 
उत्तर प्रदेशको राज्य सरकारले बिकरू काण्ड र त्यसपछि भएको ‘इन्काउन्टर’ को जाँचका लागि न्यायिक आयोग गठन गरिसकेको छ । तर सरकारमा ‘इन्काउन्टर’ को नीति बनाउने प्रवृत्तिमा अंकुश लगाउने माग एकपटक फेरि उठेको छ । 

बिकरू गाउँमा हत्या प्रयासको घटनामा अभियुक्त विकास दुबेलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि केही मानिसहरूले आक्रमण गरे । आक्रमणमा आठजना सुरक्षाकर्मीको मृत्यु भयो । घटनामा मुख्य दोषी विकास दुबेलाई ठहर गरियो । र उत्तर प्रदेश प्रहरीले एक सातासम्म कैयौं राज्यहरूमा उनको खोजी ग¥यो तर पक्राउ गर्न सकेन । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यो अवधिमा प्रहरीले विकास दुबेलाई सहयोग गरेको आरोपमा कैयौं मानिस लाई पक्राउ गर्‍यो । पाँच जनालाई ‘विकास दुबेलाई भगाउने प्रयास गरेको र प्रहरीमाथि आक्रमण गरेको’ आरोपमा मारिदियो । विकास दुबेलाई मध्य प्रदेशको उज्जैनस्थित महाकाल मन्दिरबाट स्थानीय प्रहरीले पक्राउ गर्‍यो र पक्राउ गरेको भोलिपल्ट प्रहरीले आत्मरक्षामा गोली चलाउँदा उनको मृत्यु भएको बतायो । 

ती ६ वटै मुठभेडको संयोग समान प्रकृतिको थियो र सबैको मृत्युको कथा पनि लगभग समान थियो । विकास दुबेको मृत्युपछि मुठभेडको तरिकÞाहरूको व्यापक आलोचना सुरु भयो । त्यसको परिणाम स्वरूप दुई दिनपछि सरकारले मुठभेड घटनाको न्यायिक जाँच गर्ने निर्णय लियो । 

Global Ime bank

अपराधमा ‘जिरो टोलरेन्स’
उत्तर प्रदेशमा योगी आदित्यनाथको नेतृत्वमा बीजेपी सरकार गठन भएदेखि नै अपराधमा सरकार ‘जिरो टोलरेन्स’ को दाबी गर्दै आएको छ । तर त्यसविपरीत हरेक प्रकारका अपराध लगातार भइरहेका छन् । 
विकास दुबे र उनका सहयोगीहरूले आठ सुरक्षाकर्मीको हत्या गरेकै दिन प्रयागराजमा एकै परिवारका चारजनाको निर्दयी ढंगले हत्या गरिएको थियो । त्यस्तो प्रकृतिका घटनाहरू प्रयागराजमा ६ वटा भइसकेका छन् । 
सरकारले अपराधमा ‘जिरो टोलरेन्स’ भने पनि अपराधका घटनामा कुनै कमी आएका छ्रैनन् । मुख्यमन्त्री योगी आदित्यनाथले विधानसभामा ‘अपराधी सुध्रिउन, नसुध्रिए ठोकिनेछ’ भन्ने अभिव्यक्ति पटक–पटक दिइसकेका छन् । तर, अपराध भने भइरहेकै छन् । विगत तीन महिनायता उत्तर प्रदेशमा ‘इन्काउन्टर’ मा झन्डै तीन हजार घटना भएका छन् । ती घटनामा एक सय १९ मानिसको मृत्यु भएको छ । 

यस विषयमा सुप्रिम कोर्टले पनि हस्तक्षेप गरिसकेको छ । राष्ट्रिय मानवअधिकार आयोगले राज्य सरकारलाई तीनपटक ‘नोटिस’ पठाइसकेको छ । तर राज्य सरकारले कुनै पनि ‘इन्काउन्टर’ फर्जी नभएको दाबी गरिरहेको छ । 

उत्तर प्रदेशमा यस्तो प्रकारका प्रवृत्तिप्रति सुप्रिम कोर्ट र रािष्ट्रय मानवअधिकार आयोगजस्ता संस्थाहरूसँगै कैयौं अन्य संगठन, कानुनका जानकारहरू र अन्य नागरिकले चिन्ता व्यक्त गरेका छन् । 

विकास दुबे घटनाको जाँचका लागि पनि सुप्रिम कोर्टमा केही रिट दायर गरिएका छन् । ती रिटमा न्यायालयमा मुद्दा नचलाई कुनै पनि अभियुक्तलाई सोझै ‘गोली हान्ने’ प्रवृत्तिमा रोक लगाउने माग गरिएको छ । –बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC