site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लेखा तथा व्यवसाय नीतिमा सहजीकरण गर्न चार्टर्ड एकाउन्टेन्टकाे सुझाव

काठमाडौं । चार्टड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) ले आगामी मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। वालुवाटारस्थित राष्ट्र बैंक कार्यालयमा गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर एक्यानका पदाधिकारीले लेखा तथा व्यवसायसँग सम्बन्धित नीतिमा सहजीकरणका लागि आग्रह गरेका हुन् ।

एक्यान अध्यक्ष आनन्दराज शर्मा वाग्लेको नेतृत्वमा गएको संघका पदाधिकारीले कोभिड–१९ ले सृजना भएको अवस्थामा बैंकिङ क्षेत्रमा हुनुपर्ने नीतिगत व्यवस्थाबारे प्रतिवेदन गभर्नर अधिकारिलाई बुझाउँदै मौखिक सुझावसमेत दिएको छ । प्रतिवेदनमा ऋणको पुनर्तालिकीकरण, व्याजलाई पुँजीकृत कसरी गर्ने, ऋणको वर्गीकरण र प्रोभिजनमा अब कसरी गर्ने, एनएफआरएसमा विद्यमान कठिनाइ र त्यसको समाधान लगायतका विषय समेटिएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अध्यक्ष आनन्द वाग्लेको नेतृत्त्वमा गएका संघका पदाधिकारीहरुसँग गभर्नर महाप्रसाद अधिकारिले पारदर्शिता तथा लेखा सम्बन्धमा चार्टड एकाउन्टेन्टलाई सबै थाहा हुने भन्दै अहिलेको विषम परिस्थितमा वित्तीय सुशासन सन्तुलन रहनेगरी काम गरिदिन आग्रह गरे ।

एक्यानको प्रतिवेदनमा रिभेन्यु अडिट, बैंक शाखाको अडिट, नेपालबाट विदेशमा पुँजी तथा लाभांश लैजाँदा चार्टड एकाउन्टेन्टको सर्टिफिकेट, ओभरड्राफ्ट लिँदा सिएको सिफारिस चाहिने व्यवस्था, तथा सीएसँगै उनीहरुको फर्मलाई पनि सहुलियतमा कर्जा दिने व्यवस्था मौद्रिक नीति मार्फत्र गर्ने माग गरिएको छ ।

गभर्नर अधिकारिले सबैले आ–आफ्ना व्यवसायको हित हुनेगरी आगामी मौद्रिक नीतिका लागि सल्लाह सुझाव दिइरहेका बताउँदै भने, ‘‘सबै क्षेत्रमा सन्तुलन रहने गरी काम गर्नुपर्ने भएकाले अहिलेको विषम परिस्थितमा चार्टड एकाउन्टेन्टको भूमिका महत्त्वपूर्ण रहन्छ ।’’ गभर्नर अधिकारिले मौद्रिक नीतिमा लेखा र लेखा परीक्षणलाई मौद्रिक नीतिमा भिन्नै शीर्षक दिनलाई राष्ट्र बैंकका अधिकारिलाई निर्देशन पनि दिएको बताए ।

एक्यानके सुझावमा वित्तीय तथा अर्थतन्त्रको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्नलाई प्रोत्साहन तथा सहयोग गर्ने सरकारी निकाय नभएको गुनासो गर्दै कम्तीमा बैंक वित्तीय संस्थाले छुट्याउने सामाजिक उत्तरदायित्वको बजेटबाट यो काम हुने व्यवस्था मिलाउने उल्लेख छ ।

गभर्नर अधिकारीको एक्यानले एनएफआरएसमा हाल रहेका प्रभावकारी ब्याजदर, कन्सोलिडेएसन, लगायतका कार्भ आउटका बारेमा र यसको अवधि र कार्यान्वयनमा रहेका चुनौतीबारे जानकारी गरायो । अन्तर्रास्ट्रिय मापदण्ड अनुरुप एनएफआरएस परिमार्जनपश्चात् इसीएल मोडल कार्यान्वयनमा राष्ट्र बैंकसँग काम गर्नका लागि नेपाल चार्टड एकाउन्टेन्ट संघ इच्छुक रहेको बताइएको छ ।

छलफलमा गभर्नर अधिकारीसहित राष्ट्र बैंकका तर्फबाट नियमन विभागका कार्यकारी निर्देशक देव ढकाल र टीकाराम खतिवडा उपस्थित थिए भने संघका तर्फबाट उपाध्यक्ष रमेश धिताल, महासचिव तेज सुवेदी लगायतको उपस्तिथि थियो ।

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १४:५६
प्रतिक्रिया दिनुहोस्