site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सत्तारुढ दलका प्रभावशाली नेताहरूले प्रयोग गरेको ‘कोरोना जन्तर’का सम्बन्धमा यथार्थ जानकारी सार्वजनिक गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सराहनीय कार्य गरेको छ । यसअघि प्रधानमन्त्री केपी ओलीले कोरोनाका सम्बन्धमा प्रकट गरेका अवैज्ञानिक अभिव्यक्तिका सम्बन्धमा मौन रहेका मन्त्रालयका अधिकारीहरूले जन्तर प्रकरणमा भने मुख खोलेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्यहरू ‘भाइरस ब्लकर’ लेखिएको कथित ‘कोरोना रिमुभिङ’ कार्ड भिरेर बैठकमा आएको तस्बिर सार्वजनिक भएपछि यसका बारेमा चर्चा भएको थियो । यही बीचमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले त्यस्तो कार्डमा प्रयोग गरिएको रसायन हानिकारक भएको जानकारी सार्वजनिकरूपमा दिएका छन् । साथै उनले यस्तो कार्डले कोरोनाको संक्रमण रोक्छ भन्ने पुष्टि नभएकाले कुनै भ्रममा नपर्न पनि सबैलाई सावधान गराएका छन् । मन्त्रालयले त्यस्तो भ्रम फैलाउनेलाई कारबाही गरिने पनि जनाएको सार्वजनिक भएको छ ।

‘कोरोना जन्तर’ सँगै यसमा सत्तारुढ दलका वरिष्ठ नेताको अग्रसरता र  पार्टीकै नेताहरूको आफन्तको व्यापारको स्वार्थ जोडिएको समाचार पनि सार्वजनिक भएको छ । कोभिड —१९ को महामारीपछि चिकित्सा सामग्रीहरूको खरिद प्रकरणमा भएका बदनियतपूर्ण अनियमितता र त्यसमा सत्तारुढ दलका प्रभावशाली नेताका आफन्तहरूको स्वार्थ तथा संलग्नता थाहा पाएका जनता ‘जन्तर’ प्रकरणमा पनि झस्कनु स्वाभाविकै हो । जनमानस आत्तिएका बेला चटके ठगहरूले मौका छोप्छन् । त्यसमाथि सत्तारुढ नेकपाका कतिपय नेताहरू राज्यको ढुकुटी जति सकिन्छ र जसरी सकिन्छ दोहन गर्न हुन्छ भन्ने मानसिकताका देखिएका छन् । ओम्नी प्रकरणमा पोल खुलेपछि धेरैलाई थाहा भयो तर सरकारका प्रभावशाली मन्त्रीहरू र प्रधानमन्त्रीका सल्लाहकारहरूका आफन्त व्यापारमा संलग्न रहेको र तिनलाई फाइदा हुनेगरी बोलपत्रै संशोधन गर्ने गरिएका थुप्रै घटना भएका रहेछन् । सत्तारुढ दलका नेताका सन्तानले व्यवसाय नै गर्न नहुने होइन । तर, नैतिकता हुनेहरूले स्वार्थको द्वन्द्व हुनेबित्तिकै घोषणा गर्छन् । यद्यपि, नेपालमा भने अहिलेसम्म कसैले यस्तो घोषणा गरेको उदाहरण छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

‘कोरोना जन्तर’ विषालु रहेछ । कसैले प्रयोग गर्दा जनतामा भ्रम फैलिने अवस्था उत्पन्न भएमा भने सरकारले सावधानी अपनाउनै पर्छ । यसैले सबैभन्दा पहिले सरकारले ‘कोरोना जन्तर’को सार्वजनिक प्रयोगमा बन्देज गर्नुपर्छ । स्वास्थ्यसँग जोडिएको यस्तो हानिकारक वस्तु देशमा सहजै आयात गर्न सकिने अवस्था देखियो । सरकारले त्यसमा पनि नियन्त्रण गर्नुपर्छ । जनस्वास्थ्यको रक्षा राज्यको कर्तव्य हो । विषालु र भ्रम फैलाउने वस्तु आयात र विक्रीवितरण गर्ने व्यक्ति वा समूह जति नै शक्तिशाली भए पनि राज्यले कारबाहीको दायरामा ल्याउनुपर्छ ।  प्रधानमन्त्री ओलीका कोरोना सन्दर्भमा व्यक्त भ्रामक र अवैज्ञानिक कथनका बारेमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत राज्यका सम्बन्धित संस्थाहरूले यथार्थ जानकारी गराउनु उचित र आवश्यक देखिन्छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना जन्तर’का हकमा देखाएको जिम्मेवार अभ्यास कायम राख्नु पनि जरुरी देखिन्छ । राजनीतिक नेतृत्वको स्वार्थका लागि विज्ञहरूले आफ्नो ज्ञान र दायित्वमा सम्झौता गर्नु दण्डनीय अपराधमात्र हैन ‘पाप’ पनि हो । मूलतः राजनीतिक नेतृत्वका कारण स्वास्थ्य मन्त्रालयको साख अहिले निकै गिरेको छ । यसलाई उकास्न पनि कर्मचारीहरू जनताका पक्षमा उभिने आँट गर्नुपर्छ । ओम्नी, आरडीटी, क्वारेन्टिन कुव्यवस्थापनलगायत कारण अहिले स्वास्थ्य मन्त्रालयका कर्मचारी भनिनु ‘कलंक’ जस्तो हुनपुगेको छ । अब सत्यका पक्षमा उभिएर कोरोना कालका स्वास्थ्यका कर्मचारी हुनु सन्तानका लागि पनि गौरवको विषय बनाउन सक्नुपर्छ । सही जानकारी दिएर स्वास्थ्य मन्त्रालयका प्रवक्ताले सराहनीय अभ्यास थालेका छन् । यसलाई कायम राखियोस् ।   
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १४, २०७७  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC