site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘महाकालीमा राष्ट्रघात भयो भन्दा मलाई अन्याय गरियो, अब न्याय दिइयोस्’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले महाकालीमा  राष्ट्रघात भयो भन्दा तत्कालीन एमालेले अन्याय गरेको बताएका छन् ।

पार्टी स्थायी कमिटीको आजको बैठकमा बोल्दै उपाध्यक्ष गौतमले एकीकृत महाकाली सन्धिको विषयलाई पार्टी विभाजन भएको स्मरण गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“यो बैठक समक्ष म एउटा कुरा भन्छु– मलाई विगतमा जुन अन्याय भएको थियो, अब मलाई न्याय दिनुपर्यो,” उनले बैठकमा भनेका थिए ।

उनले महाकाली सन्धिको प्रस्ताव आउँदा सुरुमा आफूले नपढेको र पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपालले ठीक छ भनेपछि सुरुमा कन्भिन्स पनि भएको बताएका थिए । अध्ययनका क्रममा एकीकृत महाकाली सन्धि राष्ट्रघात हो भन्ने ठहरपछि आफूले विरोध गरेको र त्यसले पार्टी विभाजनको तहसम्म पुर्याएको बताएका थिए ।

Global Ime bank

“त्यतिबेला सीमा नदी भनेपछि उद्गमस्थल कहाँ हो भनेर टुङ्गो लगाएकाे भए हुन्थ्याे । नटुङ्गिएपछि मैले टुङ्ग्याउँ पनि भनेको हुँ । महाकाली सन्धि देशको हितमा छैन । यो देशको हितमा बनाऊँ भनेर अन्तिमसम्म अडान लिएँ । त्यो बेला सुनुवाइ भएन । पार्टीभित्र सङ्घर्ष भयो । संसदभित्र पनि सङ्घर्षले प्रवेश पायो । भोट क्रस, विभाजन भयो । पार्टी विभाजनको तीतो क्षण बेहोर्यौं,” उनले सम्झिएका थिए ।

आज महाकाली नदीको उद्गमको बारेमा मुलुक जुन ठाउँमा आइपुगेका छ, त्यसको मुख्य कारण त्यतिबेलाको चेतना र संघर्ष भएको उनको ठहर थियो ।

“आज लिम्पियाधुरासहितको नक्सा जारी गरेर सरकारले ठीक गरेको छ,” उनले सरकारलाई धन्यवाद दिँदै भने, “हिजो हामीमाथि जुन कुरा उठाउँदा कारबाही भयो, त्यो कुराको पुनर्विचार गरियोस् । हामीलाई अन्याय भएकै रहेछ !”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १३, २०७७  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC