site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारविरुद्ध सडक आन्दोलन गर्दै नेविसंघ 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकाविरुद्ध सडक आन्दोलन गर्ने भएको छ ।  

कोरोना संक्रमणविरुद्धको लडाइमा सरकार पूर्ण रुपमा असफल भइसकेको निष्कर्षमा पुगेको कांग्रेसको भ्रातृ संगठन नेविसंघले सोमबार सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने भएको हो ।

कोरोना महामारीको सन्दर्भमा सरकारको गैरजिम्मेवारपन, अर्कमण्यता, असक्षमता र भ्रष्टाचारविरुद्ध नेविसंघले सोमबार विरोध प्रदर्शन गर्न लागेको अध्यक्ष राजीव ढुंगानाले जानकारी दिए ।

उनले सोमबार दिउँसो २ बजे नयाँ बानेश्वरको बिजुली बजारबाट प्रदर्शन सुरु भइ नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरिने बताए ।

नेविसंघले सोमबार दिउँसो २ बजे बिजुली बजारस्थित पुलमा भेला हुन कार्यकर्ताहरुलाई सामाजिक सञ्जाल फेसबुकमार्फत आह्वान गरिरहेको छ ।  

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७  १०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro