site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेटमा ६० अर्बको राहत प्याकेज छ : अर्थमन्त्री 

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले कारोनाबाट प्रभावित अर्थतन्त्रका लागि  सरकारले बजेटमार्फत् ५५ देखि ६० अर्बको राहत प्याकेज ल्याएको दाबी गरेका छन् । बजेटपछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले राहतको स्वरुप विभिन्न हुने भन्दै ती विभिन्न स्वरूपको माध्यमबाट करिब ६० अर्बको राहत ल्याएको बताएका हुन् । 

“प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् काममा लगाउने र काममा आउनेलाई २५ प्रतिशत खाद्यान्नका लागि राहत दिने सरकारको नीति रहेको र त्यसमार्फत् ३ अर्ब राहत प्याकेज आएको छ,” उनले भने, “विद्युत् महसुलमा छुट दिँदा ८ अर्ब राहत दिएका छौं, यस्तै वायुसेवा कम्पनीको हवाई इन्धनमा लगाउने कर लगायत अन्य नवीकरण दस्तुरमा छुट दिँदा करिब डेढ अर्बको अर्को राहत प्याकेज आएको छ ।” 

राहत भनेको नगद बाँड्ने मात्रै नभएको उनको भनाइ छ । उनले भने, “राहतका रूपमा कर छुट, ब्याजदरमा सहुलियत, अन्य विभिन्न जरिवाना मिनाहा पनि हुन सक्छ ।”
 
सरकारले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको लकडाउन अवधि भरको योगदान सरकाले तिर्ने भनेको र यसमा डेढ अर्ब खर्च हुने भन्दै त्यो पनि राहत नै भएको उनले बताए ।

उनले भने, “सहुलियतपूर्ण कर्जा ५ प्रतिशत व्याजमा उपलब्ध गराउने भनेको छ त्यसका लागि र उक्त कर्जाको बिमा प्रिमियमका लागि करिब १४ अर्ब छुट्याएको छ, नेपाल राष्ट्र बैंकमार्फत् १ खर्बको पुनर्कर्जा प्याकेजमार्फत् २० अर्ब ब्याज अनुदान दिने, यस्तै करिब ६ अर्ब कर छुट दिएका छौं र त्यो पनि राहत नै हो ।”

राहत प्याकेजका विभिन्न माध्यम हुने र त्यो माध्यम सरकारले प्रयोग गरिरहेको उनले बताए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro