site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘छोरो मारिँदा पनि न्याय देऊ भनेर आन्दोलन गर्नुपरेको छ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । रुकुम घटनामा मारिएका नवराज विकसहित चारैजनाको आज अन्त्यष्टि गर्न लागेको पीडित परिवारले जानकारी दिएको छ । प्रेमिका लिन चौरजहारी नगरपालिका–८ सोती गाउँ जाँदा मारिएका नवराज र गणेश बुढाको भेरी नगरपालिका–१मा रहेको शिवालय घाटमा दाहसंस्कारको तयारी भएको मृतककी आमा उर्मिला विकले बताइन् ।

“पोस्टमार्टमको रिपोर्ट आएको छैन । पोस्टमार्टम गरेपछि शव लैजाओ भनेर दिए । रिपोर्ट आउञ्जेल पर्खन सकेनौं । गन्ध फैलियो । गाउँका बुद्धिजीवीहरूले पनि अब सद्गत गरौं भन्नुभयो । के गर्ने, नगर्ने सोच्नै सकेनौं,” आमा उर्मिलाले बाह्रखरीसँग भनिन् ।

उनका अनुसार नवराजसहित गणेशको हिजो पोस्टमार्टम भएको थियो । लोकेन्द्र सुनारको आज पोस्टमार्टम गर्ने तयारी भइरहेको छ । अर्का मृतक टीकाराम सुनार पश्चिम रुकुम चौरजहारीका हुनाले उनको शव उतै लगिएको उर्मिलाले बताइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“रिपोर्ट आउन कति पर्खनुपर्छ सर ?,” उनले अनभिज्ञता प्रकट गर्दै भनिन्, “ शव गह्नाउन थालेकाले अन्त्यष्टि गर्न ल्यायौं !”

Global Ime bank

उर्मिलाले पीडितले आफैँ आन्दोलन गर्नुपर्ने र सरकार नै नभएको अवस्था आइलागेको बताइन् । “एकातिर छोरो गुमाएका छौं, अर्कोतिर न्याय देऊ भनेर आन्दोलन गर्नुपर्ने अवस्था छ,” उनले हार मान्दै सुनाइन्, “हामी दलितहरूले न्याय पाउँदा रहेनछौं ।”

उनले प्रशासनले एक वचन पनि सोधनी नगरेको भन्दै दुखेसो पोखिन् । “हामीसँग कसैले केही सोधेका छैनन् । अरूअरूसँग बुझेका छन् रे ! छोरो त हाम्रो गुमेको हो नि ! पीडितलाई पो सोध्नुपर्‍यो !,” उनले भनिन् ।

उनले शवको प्रकृति हेर्दा मन थाम्ने र पीडकलाई कडाभन्दा कडा सजाय दिनुपर्ने बताइन् ।

“लोकेन्द्र सुनारको शवको अवस्था त देश–दुनियाँले देखे, थाहा पाए होलान् । माछा मार्ने जालले हात बाँधेको रहेछ । टाउकामा हतियारको चोट छ । नदीमा हाम फालेर मरेको भन्ने अवस्था नै छैन । हामीले मारेकै किटान गरेका छौं,” नवराजकी आमा उर्मिलाले भन्छिन् ।

नवराजको अवस्था पनि उस्तै छ । शरीरमा आधा दर्जनभन्दा बढी ठाउँमा चोट लागेको छ । टाउकामा धारिलो हतियारको घाउ देखिन्छ । भेरी नगरपालिकाका मेयर सीपी घर्तीले टाउकोमा हतियारकै चोट रहेको र पोस्टमार्टम रिपोर्टले सबै कुरा प्रष्ट पार्ने बताएका थिए ।

“यी सबै हेर्दा पनि प्रशासन आँखा चिम्लन्छ भने हाम्रो के लाग्छ । न्याय पाउने आशा गरेका छैनौं,” उनले भनिन् ।  पति मोहनलाल नेपाली ढाडका बिरामी रहेकाले न्याय पाग्न धेरै दौडधूप गर्न नसकेको बताइन् ।

“हिजो र अस्ति पनि दिनभरि नै आन्दोलन गर्‍यौं । २० जनाविरूद्ध किटानी जाहेरी दिएको छ । गाउँले सबैमाथि हाम्रो आशङ्का छ । दुई–चारजनाले मात्रै त्यत्रा मान्छे मार्ने आँट गर्न सक्दैनन् । ठूला मान्छेको पनि हात हुनसक्छ । हामी पीडित, गरिबले कसरी थाहा पाउनु, निष्पक्ष छानबिन होस्,” उनले माग गरिन् ।

उर्मिलाले गरिबीमाथि शोक थपिएको बताइन् । “प्रदेशबाट मन्त्री, नगरपालिकाबाट मेयर आउनुभएको थियो । सबैले हामी हेर्छौं त भन्नुभएको छ । के हेर्ने हो ? हामी त सहिनसक्नुको पीडामा छौं,” छोराको अन्त्यष्टिका लागि घाट पुगेकी उनले भनिन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !