site stats
बाह्रखरी :: Baahrakhari
देश
एटीएफ फोर्सका सदस्य शाहीको बयान : पूर्वराजाको निजी सचिवालयसित सिधा सम्पर्क हुन्थ्यो
Argakhachi Cement Island Ad

काठमाडौं । पत्रकार सुरेश रजकको ज्यान जानेगरी तीनकुनेको एक व्यक्तिको घरमा आगजनी गर्ने ‘एनी टाइम फोर्स’ (एटीएफ)का सदस्यमध्येका गोकर्ण शाहीले आफूहरूले पूर्वराजा ज्ञानेन्द्रका निजी सचिवालयसित प्रत्यक्ष जोडिएर काम गर्दै आएको बयान दिएका छन् ।

उनले बयानमा भनेका छन्, ‘‘म लामो समयदेखि राजसंस्थाको पक्षमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदै आएको छु । राजा ज्ञानेन्द्र शाहको निजी सचिवालयसँग प्रत्यक्ष सम्पर्क हुँदै आएको छ । त्योबाहेक कहिले दुर्गा प्रसाईं र रवीन्द्र मिश्र, धवलशमशेरले बोल्ने कार्यक्रममा समेत सहभागी हुँदै आएको छु । मलाई कहिलेकाहीँ सन्तोष राजावादीले खर्चको व्यवस्था गर्नुहुन्थ्यो । आवश्यक पर्दा आऊ भनेर पनि बोलाउनुहुन्थ्यो ।’’

सन्तोष सिलवाल एटीएफका संयोजक हुन् । पत्रकार सुरेश रजक फसेको घरमा आगजनी गर्नेमध्ये शाही पनि एक हुन् ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १९:५०
प्रतिक्रिया दिनुहोस्